Skip to content
  • २० जेष्ठ २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मच्चियो बितण्डा उम्मेदवारीको विषयले अखिल क्रान्तिकारीमा

१२ माघ २०८१, शनिबार ०९:४३
जनवाणी संवाददाता

काठमाडौँ – अखिल (क्रान्तिकारी)को निर्वाचनको विषयमा विवाद भएको छ। जसले गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन।
अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतमा उम्मेदवारी दिएका केही उम्मेदवारको नाम फिर्ता लिएको प्रचार भएपछि बितण्डा मच्चिएको हो। अध्यक्षका उम्मेदवार सुदिन पौडेल, महासचिव उम्मेदवार पदम काफ्ले र महासचिव तिर्सना हमालको नाम फिर्ता लिएको प्रचार भएको थियो। तर नक्कली निवेदनका आधारमा आफ्नो उम्मेदवारी फिर्ता लिने कोसिस गरिएको अध्यक्षका उम्मेदवार पौडेलले बताए। उनले उम्मेदवारी कायम रहेको बताएका छन्।

‘मैदानबाट डराएर केही साथीहरूले नक्कली हर्कत गर्दैछन्। मैले मेरो उम्मेदवारी कायम राखेको छु,’ उनले भने, ‘केही साथीहरूले नक्कली निवेदन लिएर गएर निर्वाचन (कार्यालय)मा बुझाएकोले निर्वाचन कार्यलयमा छु।’ यस्तै, हमालले आफ्नो उम्मेदवारी कायमै रहेको बताउँदै आक्रोश जनाएकी छन्।

‘संगठनको २२ वर्षे इतिहासमा पहिलोपटक मैले महासचिव आँटेको छु। तर, अहिले मेरो उम्मेदवार बन्न पाउने नैसर्गिक र वैधानिक अधिकारलाई खोस्न खोजिँदैछ,’ हमालले भनिन्, ‘आजसम्मको मेरो राजनीतिक जीवनमा कैयौं दुःख अप्ठ्याराहरू आए, त्यसबेला सहयोग खोज्दै नेताकहाँ पुग्न खोजेँ तर अहँ कहिले पनि सहयोग मिलेन। मलाई परेका बेला सधैं नेताहरूको दैलो बन्द भयो, सयचोटी फोन हान्दा पनि उठेन। तर, अहिले मेरो अधिकार छिन्न न्वारानदेखिको बल लगाएका छन्। मेरा आदरणीय नेताज्यूहरू बनाउन नलाग्नेलाई सिध्याउन नैतिक अधिकार हुँदैन।’

काफ्ले पनि मैदानमै रहेको बताउँछन्। महासचिवमा उम्मेदवारी दिएका काफ्लेको नाम उपाध्यक्षमा राखिएपछि विवाद भएको छ। निर्वाचन समितिले अहिलेसम्म उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गर्न सकेको छैन।

माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङ अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रियामा पार्टी सत्ताको दुरुप्रयोग भएको बताउँछन्।

क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भोलि माघ १२ गते मतदान हुने कार्यतालिका छ। तर, उम्मेदवारको अन्तिम नामावलीमै विवाद भएपछि चुनाव हुने÷नहुने अन्योलमा विद्यार्थी नेता छन्।
८ गते उम्मेदवारी दर्ता भएको थियो।

Post navigation

भूमिहीन सुकुम्वासीलाई सरकारले निःशुल्क जग्गा दिने
हमासद्वारा थप चार महिला बन्धक रिहा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १२ माघ २०८१, शनिबार ०९:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १२ माघ २०८१, शनिबार ०९:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १२ माघ २०८१, शनिबार ०९:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ माघ २०८१, शनिबार ०९:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ माघ २०८१, शनिबार ०९:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297