Skip to content
  • २० फाल्गुन २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

हमासद्वारा थप चार महिला बन्धक रिहा

१२ माघ २०८१, शनिबार १७:४३
जनवाणी संवाददाता

काठमाडौं – हमासले युद्धविराम सम्झौता अनुसार थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन्
हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् ।

युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।
हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए ।

त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्‍याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको हस्तान्तरण गरिएको थियो

यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ । अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।
इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा मुक्त हुने ३३ बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समेटिएको छैन ।

अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

सञ्चारमाध्यहरूका अनुसार यी चार सैनिक महिला बन्धकको रिहाइमा तेल अवीवमा खुसीको वातावरण छ । यस्तै, परिवारका सदस्यहरू तथा अन्य सयौँ इजरायली उनीहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन् ।

सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धक आफ्नो जिम्मामा लिनेछ । सीमानामा बन्धकहरूका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।

त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।

Post navigation

मच्चियो बितण्डा उम्मेदवारीको विषयले अखिल क्रान्तिकारीमा
वार्ताका लागि युक्रेनी विषयमा तयार छौँ – पुटिन










 

 

 

 

ताजा खबर

  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ माघ २०८१, शनिबार १७:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ माघ २०८१, शनिबार १७:४३
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १२ माघ २०८१, शनिबार १७:४३
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार १२ माघ २०८१, शनिबार १७:४३
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण १२ माघ २०८१, शनिबार १७:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297