Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेपाली विशेषताको समाजवाद अहिलेको संकटको अग्रगामी निकास हो : विप्लव

१५ माघ २०८१, मंगलवार १८:५१
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका छन् ।
समाजवादी मोर्चा नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका हुन् ।
उनले दलाल पुँजीवादको विकल्प समाजवाद भन्दा अर्को कुनै अग्रगामी विकल्प हुन नसक्ने ठोकुवा गरे ।
‘दलाल पुँजीवादका विरुद्ध समाजवादको एकमात्र विकल्प हो’ महासचि विप्लवले भने, ‘दलाल पुँजीवादको झटारो बाट देशका युवाहरु तर्सिनु हुँदैन । विदेशीनु हुँदैन, आफ्नै देशलाई बदल्ने गरी युवाहरु लाग्नुपर्छ, ।’
वर्तमान सरकार नेपाल सरकार जस्तो नभएकोमा आलोचना गर्दै महासचिव विप्लवले नेपाल सरकार नेपाल र नेपाली जनताको सरकार जस्तो बनोस भनि सुभेच्छा दिए ।
उनले नेपालको गणतन्त्र जनताको गणतन्त्र नभएको र यो दलाल पुँजीपतिको गणतन्त्र भएको भन्दै जनताको व्यवस्थाका लागि समाजवादी मार्चा आवश्यक भएको जिकिर गरे ।
महासचिव विप्लवले आगामी ०८४ युगान्तकारी परिवर्तनमा जाने विश्वास गर्दै प्रतिगामीहरुको षड्यन्त्रमा चुप लागेर नबस्ने चेतावनी दिए ।
आफूहरु ढुङगामा समेत फुल फुलाउने मान्छेसमेत भएको भन्दै महासचिव विप्लवले देशलाई बिहानीको लालकिरणतिर लिन समाजवादी मोर्चा सफल हुने विश्वास व्यक्त गरे ।
उनले समाजवादी मोर्चामार्फत जनताको व्यवस्था ल्याउने अभियानमा आफू डटेर लाग्ने प्रतिबद्धता पनि जनाए ।

Post navigation

सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकून्’
चैत्र २४ गते काठमाडौंमा समाजवादी मोर्चा नेपालले बृहत जनसभा गर्ने

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १५ माघ २०८१, मंगलवार १८:५१
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १५ माघ २०८१, मंगलवार १८:५१
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १५ माघ २०८१, मंगलवार १८:५१
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १५ माघ २०८१, मंगलवार १८:५१
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १५ माघ २०८१, मंगलवार १८:५१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297