Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चैत्र २४ गते काठमाडौंमा समाजवादी मोर्चा नेपालले बृहत जनसभा गर्ने

१६ माघ २०८१, बुधबार १९:०८
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले चैत्र २४ गते काठमाडौँमा बृहत जनसभा गर्ने भएको छ । बुधबार अपरान्ह नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले चैत्र २४ गते काठमाडौंमा बृहत आमसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।
यसैगरी बैठकले देशभरका सातवटै प्रदेशमा विचारसभा गर्ने, पहिले समाजवादी मोर्चा गठन भएका जिल्लामा नेपाल समाजवादी पार्टीलाई समावेश गरेर पुनर्गठन गर्ने, पहिले समाजवादी मोर्चा गठन गर्न बाँकी रहेका जिल्लामा मोर्चा गठन गर्ने, चैत पहिलो साता मधेश प्रदेशमा सभा गर्ने र उक्त सभाको तयारी गर्ने जिम्मा नेसपालाई दिने निर्णय गरेको बताइएको छ ।
यस्तै बैठकले नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई नै समाजवादी मोर्चा नेपालका संयोजकको जिम्मेवारीमा निरन्तरता दिने र विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी बैठकमा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाको समिक्षा गर्दै पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले मोर्चालाई राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउने विषयमा समेत छलफल भएको बताइएको छ ।

Post navigation

नेपाली विशेषताको समाजवाद अहिलेको संकटको अग्रगामी निकास हो : विप्लव
Next Post










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १६ माघ २०८१, बुधबार १९:०८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १६ माघ २०८१, बुधबार १९:०८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १६ माघ २०८१, बुधबार १९:०८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १६ माघ २०८१, बुधबार १९:०८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १६ माघ २०८१, बुधबार १९:०८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297