Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एकता लागि एकीकृत समाजवादी र नेकपासँग छलफल भइरहेको : प्रचण्ड

२९ माघ २०८१, मंगलवार १४:३२
जनवाणी संवाददाता

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।

मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग कुराकानी भएको उनको भनाइ छ।

उनले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनाएर छलफल गरेको पनि दाबी गरे।

Laxmi bank
‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ,’ उनले भने।सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उनले बताए।

सरकारले अहिले भ्रष्टचारमा मुछिएकाहरूलाई बचाउने प्रयास गरिरहेको उनको आरोप छ।

वर्तमान सरकारले अध्यादेशमार्फत सरकार चलाउने गलत प्रयास गरेको उनको भनाइ थियो।

Post navigation

नेकपा माओवादी केन्द्रले गर्यो नेताहरुको कार्यबिभाजन
नयाँ शक्ति को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २९ माघ २०८१, मंगलवार १४:३२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २९ माघ २०८१, मंगलवार १४:३२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २९ माघ २०८१, मंगलवार १४:३२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २९ माघ २०८१, मंगलवार १४:३२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २९ माघ २०८१, मंगलवार १४:३२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297