Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जनयुद्ध दिवस’ मनाउन ३ दर्जन पालिकामा सार्वजनिक बिदा सर्वोच्चको आदेशविपरीत

१ फाल्गुन २०८१, बिहीबार ०८:२३
जनवाणी संवाददाता

काठमाडौँ – फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि २०८० देखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो

मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो ।

सर्वोच्चको आदेशपछि संघ सरकारले बिदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा गरिएको छ । बिदाका लागि ती पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएका छन् ।

माओवादी सशस्त्र विद्रोहको आधार इलाका मानिएको रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो । रोल्पाका त्रिवेणी, रुन्टीगढी र गंगादेव गाउँपालिकामा भने बिदा दिइएको छैन । त्रिवेणीमा एमालेले तथा रुन्टीगढी र गंगादेवमा कांग्रेसले अध्यक्ष पद जितेको छ ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले सांस्कृतिक, खेलकुद र अन्य कार्यक्रम आयोजना गरेर बिदा मनाउने निर्णय गत माघ ९ को कार्यपालिका बैठकले गरेको जानकारी दिए ।

Post navigation

ईश्वरीय सत्तालाई चुनौती दिँदै जीव विकासको सिद्धान्त अघि सार्ने वैज्ञानिक चार्ल्स डार्विन
निस्वार्थ बलिदानीपूर्ण जनताले अधिकारको लागि संकघोस गरेको दिन हो जनयुद्ध : प्रकाण्ड










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ फाल्गुन २०८१, बिहीबार ०८:२३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ फाल्गुन २०८१, बिहीबार ०८:२३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ फाल्गुन २०८१, बिहीबार ०८:२३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ फाल्गुन २०८१, बिहीबार ०८:२३
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १ फाल्गुन २०८१, बिहीबार ०८:२३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297