Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

आत्मनिर्भरको लागि हामीले उत्पादनलाई अघि बढाउनु पर्छ : बिप्लव

११ फाल्गुन २०८१, आईतवार १८:३३
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आत्मनिर्भरको लागि हामीले उत्पादनलाई अघि बढाउनु पर्छ

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आयोजनामा जुम्लाको धौलापानीमा आईतवार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले कर्णाली राज्यवाट अहिले पनि उपेक्षित गरिएको, पछाडि पारिएको र कर्णालीले आत्मनिर्भरता खोजेको बताउनु भएको हो ।

महासचिव विप्लव सीले भन्नु भयो ‘यहाँका डाँडा पाखाहरु अमुल्य छन, साधन श्रोतले कर्णालीको जुम्ला धनी छ, आज राज्यको उपेक्षा छ, सहि दृष्टिकोण नहुदा जुम्ला पछि परेको छ । यसले आत्मनिर्भरत खोजेको छ, नेकपाले त्यो पुरा गर्न चाहान्छ ।’
उहाँले राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा नजोडेसम्म देश स्वाधीन नहुने र आत्मनिर्भर नहुने नेकपाको निश्कर्षका कारण जुम्लामा स्याउ रोप्न पुगेको बताउनु भयो ।

‘हामी आत्मनिर्भर नेता कार्यकर्ता, पार्टी चाहान्छौ, आत्मनिर्भर देश र जनता चाहान्छौ’ महासचिव विप्लवले भन्नु भयो, ‘जसका लागि नेकपा देशभर उत्पादनमा लागेको छ, त्यसको निरन्तरतामा जुम्लामा स्याउ रोपिरहेको छ, गतवर्ष पनि हामी जुम्लामा स्याउ रोप्न पुगेका थियौ । अहिले पनि रोप्दै छौ ।

महासचिव विप्लवले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफलता नहुदे ठोकुवा गर्दै नेपालमा समाजवाद ल्याउन उत्पादन क्रािन्तलाई जोड्नै पर्ने ठोकुवा गर्नु भयो । उहाँले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने र सकिने निश्चित भएको टिप्पणी गर्नु भयो ।
‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउने तिर पुगेका छौ, महासचिव विप्लव सीले भन्नु भयो, ‘यो नेकपाको सफलता हो ।’
म्हासचिव विप्लवले स्याउ रोप्ने कार्यमा सहयोग गर्ने जुम्लाका जनतालाई धन्यवाद समेत दिनु भयो । उहाँले करिव १३ हजार वर्गमिटर जग्गा सहयोग गर्ने कृष्णकौरा शाही, विरुवा सहयोग गर्ने मंगला विकलाई पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिनु भयो ।
महासचि विप्लवले कुनै पनि नेपालीले राज्यको मुख तोकर वस्न नहुने बताउदै हरेक राजनीतिक पार्टीका नेता तथा जनताले समाजवादी क्रान्ति पुरा गर्न आर्थिक क्रान्तिमा योगदान पुर्याउन अपिल गर्नु भयो ।
उहाँले राज्यको चेत खुलेमा र जनताको सक्रियाता भएमा जुम्ली जनतालाई स्याउ उत्पादनले आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।

Post navigation

कांग्रेस र एमालेलाई अन्तर्राष्ट्रियमा ठग भने : प्रचण्ड
नेपालको राजनीतिलाई आफ्नो खुट्टामा उभ्याउन उत्पादनमा जोडिनु पर्छ : विप्लव सी










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ११ फाल्गुन २०८१, आईतवार १८:३३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ११ फाल्गुन २०८१, आईतवार १८:३३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ११ फाल्गुन २०८१, आईतवार १८:३३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ११ फाल्गुन २०८१, आईतवार १८:३३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ११ फाल्गुन २०८१, आईतवार १८:३३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297