Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

बिदेशको मरुभूमीमा कामगरेर होईन नेपालमै भेडापाल्नु पर्छ : विप्लवल

१७ फाल्गुन २०८१, शनिबार २२:१९
जनवाणी संवाददाता

कालिकोट – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले रुप्साको चिसापानीमा शनिवार त्रिवेणी साझेदारी भेडाफर्मको उद्घाटन गर्नु भएको छ ।
महासचिव विप्लवले एक कार्यक्रमका बिच व्यानर पढेर र भेडा समातेर भेडाफर्मकोे उद्घाटन गर्नु भएको हो ।
महासचिव विप्लवले भेडाफर्मको उद्घाटन गर्दै नेपालका युवाहरुले खाडीका मरुभूमीमा गएर भेडा पालेर नहुने भन्दै नेपालमै भेडा पाल्न अपिल गर्नु भयो ।
उहाँले भन्नु भयो ‘आखिर नेपाली युवाहरु राज्यको असक्षमताका कारण विदेश जाने गरेका छन, विदेश गएर पनि विदेशीहरुको भेडा हेर्ने, खेतीपाती गर्ने, पसिना बगाउने गरेका छन, त्यो नेपालमै गरौं, नेपालमै उत्पादनमा लागौं । देश र जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ ।’
उहाँले गाउँ गाउँमा राज्यले निश्पक्ष रोजगारी,अवसर र न्याय दिन नसक्दा नेपाली युवाहरु विदेशीन बाध्य हुनुपरेको टिप्पणी गर्नु भयो ।
महासचिव विप्लवले विश्वका विभिन्न देशमा गएर श्रम गर्न सक्छौ भने नेपालमा किन गर्न सक्दैनौ ? प्रश्न गर्दै भन्नु भयो, ‘नेकपाले भेडा पालनमा मात्र होईन, कृषि, उद्योग र व्यापारमा हात हालेको छ, पार्टीलाई र जनतालाई आत्मनिर्भर बनाउने अभियानमा छ । अहिले पार्टीले गरेको उत्पादन कहि पनि घाटामा छैन, १७ सय क्वईन्टल धान उत्पादन गरेका छौ । ४० टन आलु उत्पादन गरेका छौ । आफ्नै मह उत्पादन छ, कालिकोटको घ्यू , जुम्लाको अर्गानी सीमी सी व्यापार केन्द्रवाट सुलभ मुल्यमा बेचेका छौ ।’
महासचिव विप्लवले देशभर गरेको उत्पादनमा कतै घाटा नभएको भन्दै नेकपा आत्मनिर्भर तिर जादै गरेको दावी गर्नु भयो ।
उहाँले नेपालका राजनीतिक पार्टीलाई उत्पादनमा लाग्न पनि आग्रह गर्नु भयो । महासचिव विप्लवले देशमा गणतन्त्र आएपनि अझै महिला, दलित,किसान सुकुमवासी,जनजातिहरुको अधिकार प्राप्त नभएको भन्दै गणतन्त्र दलालहरुले कव्जा गरेको बताउनु भयो ।

उहाँले पार्टीले भेडाफर्म उद्घाटन मात्र गरेको नभई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार आर्थिक क्रान्तिलाई पनि संगै अगाडि बढाएको जिकिर गर्नु भयो ।
महासचिव विप्लवले कालिकोटमा पालिका भेडाको नाफा सबै पार्टीले नलिने आश्वासन दिदै यसको केही हिस्सा कालिकोटको जनतालाई पार्टीले दिने बचन दिनु भयो ।
महासचिव विप्लवले कालिकोटे जनतालाई उत्पादनमा लाग्न आग्रह गर्दै वजार व्यवस्थापनको चिन्ता नगर्न सुझाव दिनु गर्नु भयो ।
कृषि क्रान्तिमा लाग्नु भएका महासचिव विप्लव जुम्ला धाँचुगाउँ र कालिकोटको फोईमा स्याउ रोपन गरेर र रारस्कोटको जनसभा सकेर भेडाफर्म उद्रघाटन गर्न रुप्सा पुग्नु भएको हो । मौसम प्रतिकुलताका कारण सुक्रवार गर्ने भनिएको उद्घाटन शनिवार भएको हो ।

नेकपाले तराईका जिल्लामा धान र तरकारी, पहाडका जिल्लामा सुन्तला र हिमाली जिल्लामा स्याउ रोपन र पालन गरिरहेको छ । तर यतिवेला भने नेकपाले कृषि क्रान्तिमा थप योगदन दिन भेडापालन पनि सुरु गरेको हो ।

नेकपाले २०८१ साल कर्तिक १६ गते रुप्साका स्थानीयवासी राम बहादुर वोगटी संग २० लाखमा ९० भेडा किनेको थियो ।
अहिले नेकपाले पालेका भेडा ११८ पुगेका छन । यसको औपचारिक उद्घाटन महासचिवले गर्नु भएको हो । पार्टीको केन्द्रीय उत्पादन विभाग अन्तरगत पालिएका भेडाहरुको रेखदेख भेडा फर्मका अध्यक्ष धुव्र सी लगायत ५ जना युवाहरुले गरिरहेका छन ।
उद्घाटनमा नेकपाका स्थायी समिति सदस्य संन्तोष सी, भरत सी, केन्द्रीय सदस्यहरु, पत्रकार स्थानीय जनता लगायतको सहभागीता रहेको थियो ।

Post navigation

चट्याङसहित वर्षाको सम्भावना कर्णालीम र सुदूरपश्चिमा
बैतडीमा लेनदेन विवादले लियो युवाको ज्यान, गोली हानी हत्या










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १७ फाल्गुन २०८१, शनिबार २२:१९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १७ फाल्गुन २०८१, शनिबार २२:१९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १७ फाल्गुन २०८१, शनिबार २२:१९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १७ फाल्गुन २०८१, शनिबार २२:१९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १७ फाल्गुन २०८१, शनिबार २२:१९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297