Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कालिकोटमा नेकपा नेता भरत सीको जोड: ‘गफ होइन, काम गर्ने पार्टी चाहिन्छ’

१८ फाल्गुन २०८१, आईतवार ०९:५३
जनवाणी संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भरत सीले देशलाई गफ मात्र गर्ने नभई काम गरेर देखाउने नेता र पार्टीको आवश्यकता रहेको बताएका छन्। शनिबार कालिकोटको रुप्सास्थित चिसापानीमा त्रिवेणी साझेदारी भेडाफर्मको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले नेकपा र त्यसका महासचिव विप्लव मात्रै देशलाई आवश्यक परेको काम गर्न सक्ने पार्टी र नेता भएको दाबी गरे। भरत सीले नेपाललाई आत्मनिर्भर बनाउन आफ्नै उत्पादनमा जोड दिनुपर्ने बताए। अहिलेको पुँजीवादी व्यवस्थाले जनता र शहीद परिवारको सपना पूरा नगरेको भन्दै उनले समाजवादी व्यवस्थाको आवश्यकता औंल्याए। अबको क्रान्ति उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवाहरूलाई विदेशमा भन्दा स्वदेशमै श्रम गर्न प्रेरित गर्नुपर्ने बताए। महासचिव विप्लव स्वयं भेडाफर्मको उद्घाटन गर्न दुर्गम क्षेत्रमा पुग्नुलाई उनले सामान्य घटनाको रूपमा नलिन आग्रह गरे।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले नेकपाले भेडापालन गरेर र महासचिव विप्लव चार घण्टा पैदल हिँडेर दुर्गम ठाउँमा पुगेर उद्घाटन गर्नु ऐतिहासिक कार्य भएको बताए। अन्य कुनै पनि पार्टीका नेताले यस्तो काम गर्न नसकेको उनको भनाइ थियो।
नेपाली कांग्रेसका प्रतिनिधि हरी बोगटी र वडा नम्बर ५ का वडासचिव पर्व बोगटीले नेकपाको भेडापालनको प्रयासलाई प्रशंसा गर्दै अन्य पार्टीका नेताहरूले पनि यसबाट सिक्नुपर्ने सुझाव दिए।

Post navigation

ओभल अफिसमा विश्व व्यवस्थाको अराजकता : ट्रम्प-जेलेन्स्की भेटले निम्त्याएको परिणाम
स्वास्थ्यमन्त्रीको चेतावनी: सरकारी अस्पतालमा औषधि अभाव हुन नहुने










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ फाल्गुन २०८१, आईतवार ०९:५३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ फाल्गुन २०८१, आईतवार ०९:५३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ फाल्गुन २०८१, आईतवार ०९:५३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ फाल्गुन २०८१, आईतवार ०९:५३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ फाल्गुन २०८१, आईतवार ०९:५३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297