Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

स्वास्थ्यमन्त्रीको चेतावनी: सरकारी अस्पतालमा औषधि अभाव हुन नहुने

१८ फाल्गुन २०८१, आईतवार १०:४८
जनवाणी संवाददाता

काठमाडौं  फागुन १८ –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाअन्तर्गतका औषधिहरूको अभाव हुन नहुने बताएका छन्। इलाम अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्य बीमा बोर्डले तोकेका ९८ प्रकारका औषधिहरू अस्पतालमा अनिवार्य रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिए।
“अब पनि औषधि छैन भन्नु गैरकानुनी हो,” मन्त्री पौडेलले भने। उनले अस्पतालहरूलाई चिकित्सकले लेखेका औषधिहरू उपलब्ध गराउन आग्रह गरे र यसका लागि मन्त्रालयले आवश्यक कदम चालिरहेको बताए।
स्वास्थ्य बीमा कार्यक्रममा केही व्यवस्थापकीय समस्याहरू भए पनि त्यसलाई सुधार गर्ने प्रयास भइरहेको मन्त्री पौडेलले जानकारी दिए। उनले इलाम अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए।
अस्पतालका प्रमुख डा. प्रभु शाहले जनशक्ति अभावको गुनासो गरेपछि मन्त्री पौडेलले सरकारले खटाएको ठाउँमा चिकित्सकहरू जानुपर्ने व्यवस्था गरिने बताए। उनले अस्पतालहरूलाई आवश्यकताअनुसार मात्र माग गर्न र तीनै तहका सरकारहरूले समन्वयमा काम गर्न आग्रह गरे।
जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पताललाई १०० शय्याको बनाउनुपर्ने र भौतिक पूर्वाधार तथा जनशक्ति थप्नुपर्ने सुझाव दिए। इलाम अस्पतालले मन्त्री पौडेललाई अस्पतालको भौतिक संरचना र थप गर्नुपर्ने विषयहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ।

Post navigation

कालिकोटमा नेकपा नेता भरत सीको जोड: ‘गफ होइन, काम गर्ने पार्टी चाहिन्छ’
एमालेको जनवर्गीय संगठनमा पदाधिकारी संख्या कटौती, अब ९ जना मात्रै रहने










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ फाल्गुन २०८१, आईतवार १०:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ फाल्गुन २०८१, आईतवार १०:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ फाल्गुन २०८१, आईतवार १०:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ फाल्गुन २०८१, आईतवार १०:४८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १८ फाल्गुन २०८१, आईतवार १०:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297