Skip to content
  • १४ असार २०८३, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

ट्रम्पको विदेश नीतिमा रूसको समर्थन, पुटिनका प्रवक्ताले गरे प्रशंसा

२० फाल्गुन २०८१, मंगलवार ०६:५३
जनवाणी संवाददाता

काठमाडौं  –  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो विदेश नीति रूससँग मिल्दोजुल्दो भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको ह्वाइट हाउसमा भएको तनावपूर्ण भेटपछि पेस्कोभले यस्तो टिप्पणी गरेका हुन्।

पेस्कोभले रूसी सरकारी टेलिभिजनमा बोल्दै ट्रम्प प्रशासनले विदेश नीतिमा तीव्र परिवर्तन गरिरहेको र यो रूसको दृष्टिकोणसँग मेल खाने बताए। उनले ट्रम्पले अमेरिकालाई रूससँग नजिक ल्याइरहेको दाबी गरे।
ट्रम्पले गत वर्षको चुनावी अभियानमा रूस-युक्रेन युद्ध २४ घण्टाभित्र रोक्ने वाचा गरेका थिए। उनले युक्रेनलाई सैन्य सहायता रोकेर रूससँग वार्ता गर्न बाध्य पार्ने रणनीति लिएको अनुमान गरिएको छ।

ट्रम्पले राष्ट्रपति बनेपछि रूससँगको सम्बन्ध सुधारमा जोड दिएका छन्। उनले पुटिनसँग टेलिफोन वार्ता गरी युक्रेन युद्ध अन्त्यका लागि साउदी अरेबियामा वार्ता गर्ने घोषणा गरेका थिए। सो वार्तामा युक्रेन र युरोपेली देशहरूलाई आमन्त्रण गरिएको थिएन।
साउदी अरेबियाको रियादमा भएको वार्तामा अमेरिका र रूसले युक्रेनको भविष्यबारे छलफल गरेका थिए। ट्रम्पले युक्रेनलाई नेटो सदस्यता नदिने र रूसले कब्जा गरेको भूमि फिर्ता नहुने संकेत दिएका छन्।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता जारी राख्नका लागि खनिज सम्झौता गर्न दबाब दिएको आरोप लागेको छ। जेलेन्स्कीले यस्तो सम्झौता अस्वीकार गरेपछि ट्रम्पले उनलाई तानाशाह भनेका थिए। ट्रम्पले पुटिनको तानाशाही शासनबारे भने कुनै टिप्पणी गरेका छैनन्।

Post navigation

विप्लवको दाबी गफ चुट्ने नेताबाट देशको रूपान्तरण असम्भव
काठमाडौंमा मेलम्ची खाने पानीको पाइप विस्फोट










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २० फाल्गुन २०८१, मंगलवार ०६:५३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २० फाल्गुन २०८१, मंगलवार ०६:५३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २० फाल्गुन २०८१, मंगलवार ०६:५३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २० फाल्गुन २०८१, मंगलवार ०६:५३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २० फाल्गुन २०८१, मंगलवार ०६:५३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297