Skip to content
  • १४ असार २०८३, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लवको दाबी गफ चुट्ने नेताबाट देशको रूपान्तरण असम्भव

१९ फाल्गुन २०८१, सोमबार २०:००
जनवाणी संवाददाता

 काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले हालका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, “गफ चुट्ने नेताबाट देशको रूपान्तरण सम्भव छैन” भन्ने ठोकुवा गरेका छन्।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले विदेशी सहयोगको नाममा भिख मागेर आदर्शवादी गफ दिएर मात्र देश समृद्ध नहुने बताए। उनले अहिले देशको उत्पादनले दुई महिना पनि नपुग्ने अवस्थामा पुगेको र यसले नेताहरूलाई विदेशी एजेन्ट बन्न प्रेरित गर्ने दाबी गरे।

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हावी भएको भन्दै उनले उत्पादन अभियानमा जोडिनुपर्ने आवश्यकता औँल्याए। राजनीतिक आन्दोलनलाई उत्पादन र आर्थिक क्रान्तिमा जोड्न सके मात्र देशले चाँडै परिवर्तनको दिशा लिने उनको भनाइ थियो।
विप्लवले आफ्नो पार्टीले कृषि क्रान्तिलाई अगाडि बढाउन थालेको र यसबाट राम्रो परिणाम आउने विश्वास व्यक्त गरे। उनले चन्दा माग्नुपर्ने अवस्था नरहेको र डेढ वर्षमै राम्रो प्रगति भएको जानकारी दिए।
राजनीति गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले जुम्लामा सात सय स्याउका बिरुवा रोपेको र कालिकोटमा भेडा फार्म उद्घाटन गरेको जानकारी दिए। उनले ९० वटाबाट सुरु गरिएको भेडा फार्ममा अहिले करिब १५० भेडा रहेको र जनताको सहयोगमा धागो र कपडा उद्योगको काम पनि अगाडि बढ्ने बताए।
विप्लवले उत्पादनबिना सुखभोग गर्ने कुरा राम्रो नभएको भन्दै यसको सुरुवात आफैबाट गरेको बताए।

Post navigation

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन आज संगठन दर्ता हुँदै
ट्रम्पको विदेश नीतिमा रूसको समर्थन, पुटिनका प्रवक्ताले गरे प्रशंसा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ फाल्गुन २०८१, सोमबार २०:००
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ फाल्गुन २०८१, सोमबार २०:००
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ फाल्गुन २०८१, सोमबार २०:००
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ फाल्गुन २०८१, सोमबार २०:००
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ फाल्गुन २०८१, सोमबार २०:००

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297