Skip to content
  • २९ श्रावण २०८३, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रचण्ड सरकारको पालामा माओवादीले ८ क्विन्टल सुन तस्करी गर्‍यो : शंकर पोखरेल

२४ फाल्गुन २०८१, शनिबार १६:०३
जनवाणी संवाददाता

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको गम्भीर आरोप लगाएका छन्। बाँकेमा आयोजित एक पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माओवादी नेताहरूले पशुपतिमा पित्तलको जलहरी चढाएको भन्दै हल्ला फैलाएको तर सुन तस्करीमा संलग्न रहेको दाबी गरे।
उनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारले बजेट दिएको भए पनि माओवादी नेताहरूले संसद्‍मै उभिएर जलहरी सुनको नभई पित्तलको रहेको आरोप लगाएको बताए। यद्यपि, छानबिनपछि जलहरी सुनकै भएको पुष्टि भएको उनको भनाइ छ।
‘जलहरी सुनकै हो भन्ने प्रमाणित भइसक्दा पनि माओवादीले त्यहीँबाट सुन तस्करीको खेल खेल्यो,’ पोखरेलले भने, ‘अहिलेसम्म माओवादीका थुप्रै नेताहरू सुन तस्करीको आरोपमा तानिइसकेका छन्। त्यतिबेला मात्र ८ क्विन्टल सुन अवैध रूपमा तस्करी भएको प्रमाण भेटिएको छ।’
माओवादी नेतृत्वको सरकार भ्रष्टाचारका ठूला मुद्दाहरूको छानबिन हुन थालेपछि सत्ता छोड्न बाध्य भएको पोखरेलको दाबी छ। ‘माओवादीले राज्यसत्ताको दोहन गरेर भ्रष्टाचारको जालो बुन्यो। जब ठूला छानबिन प्रक्रिया अघि बढ्न थाल्यो, उनीहरू सरकारबाट बाहिरिए। जनयुद्धका नाममा गरेका अपराधहरूलाई शान्ति सम्झौताको ढाल बनाएर उम्किन खोजे, तर सत्य लुक्दैन,’ उनले भने।
पोखरेलले माओवादी नेतृत्वको विगतका गतिविधिहरूको पुनः समीक्षा आवश्यक रहेको भन्दै भ्रष्टाचार र तस्करीका घटनामा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

Post navigation

महिला अधिकार र समानताका लागि ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर मनाइँदै
समाजवादमा मात्र महिला मुक्ति सम्भव श्रमिक महिला दिवसमा वक्ताहरूको जोड










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २४ फाल्गुन २०८१, शनिबार १६:०३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २४ फाल्गुन २०८१, शनिबार १६:०३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २४ फाल्गुन २०८१, शनिबार १६:०३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २४ फाल्गुन २०८१, शनिबार १६:०३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २४ फाल्गुन २०८१, शनिबार १६:०३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297