Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

दरबार हत्याकाण्डको छानबिन गर्न पाएको भए भाइमारालाई ठेगान लगाउँथें : प्रचण्ड

१ चैत्र २०८१, शुक्रबार १९:१४
जनवाणी संवाददाता

 काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गरी ‘भाइमारा र राजद्रोही’लाई कठघरामा उभ्याउने योजना रहेको बताएका छन्। उनले आफूले पाँच वर्ष शासन गर्न पाएको भए त्यसबेलाको घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने बताए।
सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, “मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्नेछ भनेको थिएँ। मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो।”
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै धेरै मूर्खता नगर्न चेतावनी दिएका छन्। “अर्को मूर्खता गरे भने जनता उदार हुँदैनन्, राजनीतिक दल पनि उदार हुँदैनन्,” उनले भने।
प्रचण्डले दरबार हत्याकाण्डको मुख्य योजनाकार परिवारभित्रै रहेको दाबी गर्दै मूर्ति चोर, सुन तस्कर र वंशनाश गर्ने को हुन् भन्ने कुरा नेपाली जनताले बुझिसकेको बताए।
२०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाह हालै पोखराबाट काठमाडौं फर्किँदा विभिन्न समर्थकहरूले उनको स्वागत गरेका थिए।

Post navigation

समाजवादी मोर्चाको बैठक बस्दै विरोध सभाको तयारी र सरकारमाथि असन्तुष्टि
राजतन्त्र फर्काउने प्रयासले देशमा अस्थिरता निम्त्याउँछ : बिप्लव 










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १ चैत्र २०८१, शुक्रबार १९:१४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ चैत्र २०८१, शुक्रबार १९:१४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ चैत्र २०८१, शुक्रबार १९:१४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ चैत्र २०८१, शुक्रबार १९:१४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ चैत्र २०८१, शुक्रबार १९:१४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297