Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

समाजवादी मोर्चाको बैठक बस्दै विरोध सभाको तयारी र सरकारमाथि असन्तुष्टि

१ चैत्र २०८१, शुक्रबार ०८:५८
जनवाणी संवाददाता

काठमाडौं – विपक्षी चारदलीय समाजवादी मोर्चाले आज दिउँसो आफ्नो नियमित बैठक बोलाएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा दिउँसो ३ बजे सुरु हुने बैठकको मुख्य एजेन्डा चैत १५ गते काठमाडौंमा आयोजना हुने विरोध सभाको तयारी रहेको छ।
नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार, यसअघि चैत ९ गते जनकपुरमा हुने भनिएको विरोध सभा तयारी अभावका कारण स्थगित गरिएको छ। मोर्चाले चैत २ गते बौद्धिक वर्गसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरेको छ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै राजावादी शक्तिहरूको बढ्दो गतिविधिलाई रोक्न काठमाडौंमा विरोध सभा आवश्यक रहेको निष्कर्ष निकालेको थियो। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतमा ठूलो संख्यामा मानिसको उपस्थिति देखिएको थियो, जसलाई मोर्चाले व्यवस्थामाथिको चुनौतीको रूपमा व्याख्या गरेको छ।

Post navigation

कालिकोटमा युवा झडप १७ वर्षीय राजेश शाहीको मृत्यु
दरबार हत्याकाण्डको छानबिन गर्न पाएको भए भाइमारालाई ठेगान लगाउँथें : प्रचण्ड










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १ चैत्र २०८१, शुक्रबार ०८:५८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ चैत्र २०८१, शुक्रबार ०८:५८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ चैत्र २०८१, शुक्रबार ०८:५८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ चैत्र २०८१, शुक्रबार ०८:५८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ चैत्र २०८१, शुक्रबार ०८:५८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297