Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

रोल्पाको नमुना क्याम्पसमा अखिल (समाजवादी) को पूर्ण जित, तीन ठूला विद्यार्थी संगठन पराजित

६ चैत्र २०८१, बुधबार ०९:५३
जनवाणी संवाददाता

 काठमाडौं – रोल्पाको परिवर्तन गाउँपालिका-५, बागमारास्थित रोल्पा नमुना क्याम्पसको विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) ले एकपक्षीय जित हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला विद्यार्थी संगठनहरूको संयुक्त प्यानललाई हराउँदै अखिल (समाजवादी) का उम्मेदवारहरू विजयी भएका हुन्।
चुडामणि केसी नेतृत्वको अखिल (समाजवादी) प्यानलले प्रमुख विद्यार्थी संगठनहरूलाई पराजित गरेको हो। केसीले ७१ मत प्राप्त गरी स्ववियु सभापतिमा जित हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त प्यानलका दीपेन्द्र डाँगीले ४२ मत मात्र प्राप्त गरे। निर्वाचन संयोजक गोपालबहादुर केसीका अनुसार केसी २९ मतको अन्तरले विजयी भएका हुन्।
अखिल (समाजवादी) का टोपबहादुर परियार कोषाध्यक्ष, देवेन्द्र डाँगी सचिव र देवी रिजाल र सीमाना बुढा सदस्यमा विजयी भएका छन्।
१२८ मतदाता रहेको क्याम्पसमा ११७ मत खसेको थियो। स्वतन्त्र उम्मेदवार पृथी केसी र टिकाजङ्ग घर्ती मगरले शून्य मत प्राप्त गरेका थिए।
यो जितले ठूला विद्यार्थी संगठनहरूलाई ठूलो झट्का लागेको छ। तीन ठूला संगठन एकै ठाउँमा हुँदा पनि विप्लव नेतृत्वको विद्यार्थी संगठनको जितले उनीहरूमा हलचल मच्चाएको छ।

Post navigation

Previous Post
एसईई परीक्षा २०८१: राष्ट्रिय परीक्षा बोर्डको शान्त र मर्यादित परीक्षाका लागि अपिल










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ६ चैत्र २०८१, बुधबार ०९:५३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ६ चैत्र २०८१, बुधबार ०९:५३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ६ चैत्र २०८१, बुधबार ०९:५३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ६ चैत्र २०८१, बुधबार ०९:५३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ६ चैत्र २०८१, बुधबार ०९:५३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297