Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य
६ चैत्र २०८१, बुधबार ०९:४५
जनवाणी संवाददाता

 काठमाडौं – उपत्यकाका पाँच क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अखिल क्रान्तिकारीले सभापति जितेको हो।
जनप्रशासन क्याम्पस बल्खुको सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको सभापतिमा अपार पराजुली विजयी भएका छन्।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसको सचिव पदमा पनि अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। पुल्चोकमा दिवस सापकोटा र थापाथलीमा जेसिस उपाध्याय सचिव बनेका हुन्। तर, पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र थापाथली इन्जिनियरिङ कलेजको सभापतिमा नेविसंघका प्रह्लाद खड्का विजयी भएका छन्।
यसैबीच, उपत्यकाका मुख्य क्याम्पसहरूमा भने निर्वाचन स्थगित भएको छ। रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, विश्वभाषा, अस्कल, ल, सरस्वती, पब्लिक युथ, शंकरदेव र विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न कारणले चुनाव हुन सकेन। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले स्थगित भएका क्याम्पसहरूमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ।

Post navigation

नयाँ प्रहरी प्रमुखको दौड आइजिपी कुँवरको बिदाइ, तीन एआइजी प्रतिस्पर्धामा
रोल्पाको नमुना क्याम्पसमा अखिल (समाजवादी) को पूर्ण जित, तीन ठूला विद्यार्थी संगठन पराजित










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ६ चैत्र २०८१, बुधबार ०९:४५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ६ चैत्र २०८१, बुधबार ०९:४५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ६ चैत्र २०८१, बुधबार ०९:४५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ६ चैत्र २०८१, बुधबार ०९:४५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ६ चैत्र २०८१, बुधबार ०९:४५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297