Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एसईई परीक्षामा अनियमितता, चार निरीक्षक जिम्मेवारीमुक्त

१० चैत्र २०८१, आईतवार ०७:३९
जनवाणी संवाददाता

काठमाडौं – पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को क्रममा मर्यादा विपरीत कार्य गरेको आरोपमा चार जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले यो निर्णय गरेको हो। बैठकले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मुनिलाल कर्णलाई परीक्षाको मर्यादा र अनुशासनमा लापरवाही गरेको भन्दै सचेत गराएको छ। सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा अवधिभर केन्द्रमा प्रवेश गर्न रोक लगाइएको छ।
त्यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक संघलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराइएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी केन्द्रमा निरीक्षकको रूपमा खटिएका शिक्षक लालबाबु यादवलाई परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ। सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगञ्ज परीक्षा केन्द्रका निरीक्षक धमेन्द्र पाण्डे र रामबालक यादवलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

Post navigation

गोरखामा पूर्वराजा ज्ञानेन्द्रको शान्तिको आह्वान कोही नडराउनुहोस् देशमा शान्ति आवश्यक छ
देउवाको प्रहार ज्ञानेन्द्र संवैधानिक राजा बन्न अयोग्य समाचार पुनर्लेखन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १० चैत्र २०८१, आईतवार ०७:३९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १० चैत्र २०८१, आईतवार ०७:३९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १० चैत्र २०८१, आईतवार ०७:३९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १० चैत्र २०८१, आईतवार ०७:३९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १० चैत्र २०८१, आईतवार ०७:३९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297