Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

गोरखामा पूर्वराजा ज्ञानेन्द्रको शान्तिको आह्वान कोही नडराउनुहोस् देशमा शान्ति आवश्यक छ

९ चैत्र २०८१, शनिबार १८:१४
जनवाणी संवाददाता

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा भ्रमणका क्रममा देशवासीको सुख र समृद्धिको कामना गरेका छन्। गोरखकाली मन्दिरमा पूजाअर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा शान्ति आवश्यक रहेको बताए।
“अहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको कुभलो नचिताओस्। भलो चिताओस्। केही खराब नचिताओस् भन्ने मेरो कामना छ,” उनले भने।
गोरखा आफ्नो पुर्खाको थलो भएकोले यहाँ आउन पाउँदा खुसी लागेको उनले बताए। “गोरखा आएर मलाई खुसी लाग्यो। आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,” उनले भने।
देशमा कोही पनि नडराउनुपर्ने र शान्ति कायम हुनुपर्ने उनको भनाइ थियो। “कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा सुख होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,” उनले भने।
शनिबार बिहान १० बजे गोरखा दरबारस्थित गोरखनाथ मन्दिर पुगेका पूर्वराजा शाहलाई मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए। उनले करिब दुई घण्टा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे।
गोरखनाथ र शाहवंशीय राजाहरूको राजपाठबीच विशेष सम्बन्ध रहेको इतिहासमा उल्लेख छ। गोरखनाथको आशीर्वादले तत्कालीन राजाहरूले युद्ध जितेको र नेपाल एकीकरणमा पृथ्वीनारायण शाह सफल भएको मानिन्छ।

Post navigation

तिलागुफामा न्यायिक समिति र मेलमिलाप केन्द्रको अभिमुखीकरण सम्पन्न
एसईई परीक्षामा अनियमितता, चार निरीक्षक जिम्मेवारीमुक्त










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण ९ चैत्र २०८१, शनिबार १८:१४
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस ९ चैत्र २०८१, शनिबार १८:१४
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ ९ चैत्र २०८१, शनिबार १८:१४
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड ९ चैत्र २०८१, शनिबार १८:१४
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान ९ चैत्र २०८१, शनिबार १८:१४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297