Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

गोरखामा पूर्वराजा ज्ञानेन्द्रको शान्तिको आह्वान कोही नडराउनुहोस् देशमा शान्ति आवश्यक छ

९ चैत्र २०८१, शनिबार १८:१४
जनवाणी संवाददाता

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा भ्रमणका क्रममा देशवासीको सुख र समृद्धिको कामना गरेका छन्। गोरखकाली मन्दिरमा पूजाअर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा शान्ति आवश्यक रहेको बताए।
“अहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको कुभलो नचिताओस्। भलो चिताओस्। केही खराब नचिताओस् भन्ने मेरो कामना छ,” उनले भने।
गोरखा आफ्नो पुर्खाको थलो भएकोले यहाँ आउन पाउँदा खुसी लागेको उनले बताए। “गोरखा आएर मलाई खुसी लाग्यो। आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,” उनले भने।
देशमा कोही पनि नडराउनुपर्ने र शान्ति कायम हुनुपर्ने उनको भनाइ थियो। “कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा सुख होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,” उनले भने।
शनिबार बिहान १० बजे गोरखा दरबारस्थित गोरखनाथ मन्दिर पुगेका पूर्वराजा शाहलाई मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए। उनले करिब दुई घण्टा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे।
गोरखनाथ र शाहवंशीय राजाहरूको राजपाठबीच विशेष सम्बन्ध रहेको इतिहासमा उल्लेख छ। गोरखनाथको आशीर्वादले तत्कालीन राजाहरूले युद्ध जितेको र नेपाल एकीकरणमा पृथ्वीनारायण शाह सफल भएको मानिन्छ।

Post navigation

तिलागुफामा न्यायिक समिति र मेलमिलाप केन्द्रको अभिमुखीकरण सम्पन्न
एसईई परीक्षामा अनियमितता, चार निरीक्षक जिम्मेवारीमुक्त










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ९ चैत्र २०८१, शनिबार १८:१४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ९ चैत्र २०८१, शनिबार १८:१४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ९ चैत्र २०८१, शनिबार १८:१४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ९ चैत्र २०८१, शनिबार १८:१४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ९ चैत्र २०८१, शनिबार १८:१४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297