Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

महादेव मावि फोइकोट द्वारा हिमाली छात्रवृत्तिका लागि आवेदन खुला

५ जेष्ठ २०८२, सोमबार २२:०४
जनवाणी संवाददाता

कालिकोट — तिलागुफा नगरपालिका–३ स्थित श्री महादेव माध्यमिक विद्यालय, फोइकोटले शैक्षिक सत्र २०८२ का लागि हिमाली आवासीय छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ।

विद्यालयले सूचना प्रकाशन गर्दै कक्षा ६ देखि १० सम्मका लागि छात्रवृत्तिको व्यवस्था गरिएको जनाएको छ। सम्बन्धित तहको कोटा अनुसार छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिनेछ। आवेदन दिने अन्तिम म्याद २०८२ साल जेठ १९ गतेसम्म तोकिएको छ।

विद्यालयका अनुसार कक्षा ६, ७ र ८ मा २–२ जना तथा कक्षा ९ र १० मा ३–३ जना विद्यार्थीलाई छात्रवृत्तिमा समावेश गरिनेछ। छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा, मौखिक परीक्षा तथा शारीरिक अवस्था मूल्याङ्कन गरिनेछ। योग्य र इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित तोकिएको समयमा विद्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।

यस कार्यक्रमबारे जानकारी दिँदै तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले दियो खबरसँग भने, “संघीय सरकार रस्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको यो छात्रवृत्तिको उद्देश्य टुहुरा, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई सहज रूपमा पढ्नेवातावरण तयार गर्नु हो।”

अझ विस्तृत जानकारीका लागि विद्यालयको वेबसाइट www.mmvphoikot.edu.np वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ। साथै विद्यालयको फेसबुक पेज Mahadev Mavi Phoikot बाट पनि जानकारी लिन सकिनेछ।  

Post navigation

https://diyokhabar.com/?p=17493
लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस-एमालेको भागबन्डा, १४ अस्पतालमा अध्यक्ष चयन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ५ जेष्ठ २०८२, सोमबार २२:०४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ५ जेष्ठ २०८२, सोमबार २२:०४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ५ जेष्ठ २०८२, सोमबार २२:०४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ५ जेष्ठ २०८२, सोमबार २२:०४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ५ जेष्ठ २०८२, सोमबार २२:०४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297