Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस-एमालेको भागबन्डा, १४ अस्पतालमा अध्यक्ष चयन

८ जेष्ठ २०८२, बिहीबार १०:५७
जनवाणी संवाददाता

 काठमाडौं – लुम्बिनी प्रदेशका दुई प्रादेशिकसहित १४ वटा अस्पतालको विकास समितिमा सत्ता साझेदार प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बराबरी भागबन्डा भएको छ। दुवै दलले ७/७ वटा अस्पतालको अध्यक्ष पद लिएर विकास समिति गठन गरेका छन्।
यो भागबन्डाअनुसार दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र लामिछाने चयन भएका छन्। लामिछाने मानव अधिकार तथा शान्ति समाज लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन्। यता, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा भने एमालेका अजयमान श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठ यसअघि पनि विकास समितिको अध्यक्ष भइसकेका व्यक्ति हुन्।
अन्य अस्पतालहरूमा पनि अध्यक्षहरू चयन भइसकेका छन्। एमालेको भागमा परेका अस्पतालहरूमा दाङको भालुवाङ अस्पतालमा सूर्यप्रकाश शर्मा, नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा जगदीश चौधरी, पाल्पाको रामपुर अस्पतालमा युवराज खनाल, गुल्मी अस्पतालमा राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा बलाराम मिश्र र कपिलवस्तु अस्पतालमा रन्जिकुमार बर्मा रहेका छन्।
त्यस्तै, कांग्रेसको भागमा परेका अस्पतालहरूमा रुकुम पूर्व अस्पतालमा लोकेन्द्र शाह, प्युठान अस्पतालमा कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा शेरबहादुर थापा, पाल्पा अस्पतालमा अजयमान कर्माचार्य र भैरहवाको भीम अस्पतालमा कुलप्रसाद न्यौपाने अध्यक्ष बनेका छन्।
प्रमुख सत्ता साझेदार यी दुई दलबीच १४ अस्पतालको विकास समिति छिनोफानो भइसके पनि आधिकारिक रूपमा सार्वजनिक भने गरिएको छैन। स्रोतका अनुसार आइतबारसम्म नियुक्त भएकाहरूलाई नियुक्ति पत्र प्रदान गरिनेछ।
यसैबीच, दाङ र रुपन्देहीका दुई वटा आयुर्वेद अस्पतालको विकास समितिमा भने हालसम्म कुनै निर्णय हुन सकेको छैन। यसअघि २०८० कार्तिक ७ गते तत्कालीन सत्ता साझेदार प्रमुख दलहरूबीच यस्तै किसिमको सहमति भएको थियो।

Post navigation

महादेव मावि फोइकोट द्वारा हिमाली छात्रवृत्तिका लागि आवेदन खुला
एमाले युवा संघको नयाँ नेतृत्व छान्न आज मतदान










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ८ जेष्ठ २०८२, बिहीबार १०:५७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ जेष्ठ २०८२, बिहीबार १०:५७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ जेष्ठ २०८२, बिहीबार १०:५७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ जेष्ठ २०८२, बिहीबार १०:५७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ जेष्ठ २०८२, बिहीबार १०:५७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297