Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एमाले युवा संघको नयाँ नेतृत्व छान्न आज मतदान

१२ जेष्ठ २०८२, सोमबार ०८:३९
जनवाणी संवाददाता

पोखरा : सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्वका लागि आज मतदान हुने भएको छ। पोखरामा जारी दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत टुंगो लगाउन लागिएको हो।
संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। दुवै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ।
थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।
त्यस्तै, पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समितिमा ४०० भन्दा बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज राजीव पहारीले जानकारी दिए। सहमतिमा नेतृत्व छान्ने प्रयास अझै जारी रहेको उनले बताए।
‘मैले इन्चार्जका हिसाबले राति पनि दुवै पक्षसँग छलफल गरें, आज बिहान पनि छलफलमा जुटेको छु,’ पहारीले भने, ‘सहमति भएन भने आज दिउँसोबाट मतदान हुन्छ।’ उम्मेदवारी फिर्ता लिनका लागि सोमबार बिहान समय दिइएको थियो।

Post navigation

लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस-एमालेको भागबन्डा, १४ अस्पतालमा अध्यक्ष चयन
सरकार कर नीतिमा नरम बन्दै, भ्याट छुटको सूची घटाइने










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ जेष्ठ २०८२, सोमबार ०८:३९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297