Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एमाले युवा संघको नयाँ नेतृत्व छान्न आज मतदान

१२ जेष्ठ २०८२, सोमबार ०८:३९
जनवाणी संवाददाता

पोखरा : सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्वका लागि आज मतदान हुने भएको छ। पोखरामा जारी दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत टुंगो लगाउन लागिएको हो।
संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। दुवै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ।
थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।
त्यस्तै, पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समितिमा ४०० भन्दा बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज राजीव पहारीले जानकारी दिए। सहमतिमा नेतृत्व छान्ने प्रयास अझै जारी रहेको उनले बताए।
‘मैले इन्चार्जका हिसाबले राति पनि दुवै पक्षसँग छलफल गरें, आज बिहान पनि छलफलमा जुटेको छु,’ पहारीले भने, ‘सहमति भएन भने आज दिउँसोबाट मतदान हुन्छ।’ उम्मेदवारी फिर्ता लिनका लागि सोमबार बिहान समय दिइएको थियो।

Post navigation

लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस-एमालेको भागबन्डा, १४ अस्पतालमा अध्यक्ष चयन
सरकार कर नीतिमा नरम बन्दै, भ्याट छुटको सूची घटाइने

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १२ जेष्ठ २०८२, सोमबार ०८:३९
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १२ जेष्ठ २०८२, सोमबार ०८:३९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297