Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जनार्दन शर्मासँग चुनाव लड्छु दीपशिखा भन्छन् वाईसीएलको नेतृत्वलाई लिएर माओवादीमा खटपट

२७ जेष्ठ २०८२, मंगलवार ०९:०४
जनवाणी संवाददाता
 

काठमाडौं  – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपालको महाधिवेशनलाई लिएर पार्टीभित्र खटपट सुरु भएको छ। वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको ७५ जना पदाधिकारी रहेको भद्दा कमिटी गठन भएपछि माओवादीका नेताहरु बीचमा सामाजिक सञ्जालमा जुहारी चल्न थालेको छ। आंकाक्षी र युवाहरुबीच अन्तरविरोध भएपछि केन्द्रीय कमिटी ठूलो भएको हो। 

संगठनमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १/१ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन गरेको छ। महाधिवेशनको नेतृत्व चयनको विषयलाई लिएर माओवादी भित्र चर्को असन्तुष्टि बढेको छ। पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरूसमेत नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन्। अर्काथरीले भने नेता हुनुपर्ने खल्तिबाट निकालेर, चुनावी प्रक्रियामा नजानु नै माओवादी भित्रको समस्या भएको कतिपयको टिप्पणी गरेका छन्। 

यसैबीच माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका छन्। वाइसीएलको खासै दोष नभएको बताउँदै उनले त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति पीडित भए त्यो इतिहासको गर्भमै रहने दाबी गरे।

‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे। यसमा वाइसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला।’ शर्माले भनेका छन्, ‘जे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

नेता शर्मालाई वाइसीएलका इन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले वाइसीएलमा जनार्दन शर्मा जहाँ चुनाव लड्छन् त्यही लड्न तयार रहेको जवाफ दिएका छन्। उनले जनार्दन पक्षको कुनै केहि नचलेपछि उनका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका हुन्। सापकोटाले शर्माले निर्वाचनमा जान नदिएको आरोप लगाएका छन्।

‘अनिल जी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिए। (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनाव लैजानुहुन्न भनी सहमति कुरा आएको छ। खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराइदिए हुने हो। मैले घुइरो घुँइरो सुनेको मात्रै छु।’ सापकोटाले लेखेका छन्, ‘वाइसीएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ। यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ। म माओवादीमा तपाईँका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु।

Post navigation

प्रचण्डले बोलाए भिजिट भिसा प्रकरणमा छलफल गर्न बिपक्षी दलहरूको बैठक
न्यायपरिषद्ले गर्यो तीन जनाको नाम सर्वोच्चको न्यायाधीशमा सिफार










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २७ जेष्ठ २०८२, मंगलवार ०९:०४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २७ जेष्ठ २०८२, मंगलवार ०९:०४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २७ जेष्ठ २०८२, मंगलवार ०९:०४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २७ जेष्ठ २०८२, मंगलवार ०९:०४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २७ जेष्ठ २०८२, मंगलवार ०९:०४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297