Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी एकता बारे विप्लव र प्रचण्ड बिच महत्वपूर्ण भेटवार्ता

७ असार २०८२, शनिबार १८:४०
जनवाणी संवाददाता

 

facebook sharing button

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, पार्टी प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबीच अहिलेको राजनीतिक संकटको निकास र माओवादी एकताका विषयमा महत्वपूर्ण छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा शनिवार तीन शिर्ष नेताहरुबीच भएको महत्वपूर्ण भेटवार्तामा वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र माओवादी घटकहरुबीचको एकताको विषयमा गम्भीर छलफल भएको हो ।
भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकटको अग्रगामी निकास कसरी गर्ने ? माओवादी घटकहरुबीचकोे एकता र सहकार्य कसरी अगाडि बढाउने ? भन्ने विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।
तीन शिर्ष नेताहरुले अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद भन्दा अर्को कुनै विकल्प नभएको निश्कर्ष निकाल्दै त्यसका लागि कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र वाम गठबन्धनको सम्भावनालाई समेत जोड दिनुपर्ने विषयमा छलफल गरेका छन ।
शिर्ष नेताहरु बीच नेपाली विशेषताको समाजवादमा पुग्न समाजवादी मोर्चालाई सशक्त बनाउनु पर्ने र अरु कम्युनिष्ट तथा वामपन्थी घटकहरुलाई पनि संगै लैजानुपर्ने विषयमा गम्भीर छलफल भएको छ ।
तीन शिर्ष नेताहरुले नेपाली विशेषताको समाजवादको साझा आधार बनाएर नेपाललाई दलाल पुँजीवादबाट कसरी मुक्त गर्ने ? भन्ने विषयमा पनि गम्भीर छलफल गरेका छन ।
भेटवार्तामा नेकपाका महासचिव विप्लवले माओवादी घटकहरुबीचको साँच्चीकै एकता गर्ने हो भने विगतमा भएका कमी कमजोरीहरुबाट सबैले रुपान्तरण भएर समाजवादी क्रान्ति पुरा गर्ने शर्तमा एकता गर्नुपर्ने बताउनु भएको थियो ।
महासचिव विप्लवले एकताका लागि सुरुमा विचार र राजनीति कार्यदिशा एक हुनुपर्ने,त्यसपछि नीति र नेतृत्वको विषयमा छलफल गरेर देशलाई समाजवादी दिशामा नेतृत्व गरेर लैजानुपर्ने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनु भएको श्रोतले बताएको छ ।
महासचिव विप्लवले आफ्नो पार्टीले एकताका लागि करिव १ बर्ष अघि नै केन्द्रीय समितिबाट आधिकारीक निर्णय गरिसक्दा पनि माओवादी केन्द्रमा एकताको साँझा निर्णय गर्न नसकेकोमा के कारणले एकताको प्रक्रिया रोकिएको हो ? भनि प्रचण्डसमक्ष जिज्ञासा राख्नु भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी घटकहरुको एकता अनिवार्य भएपनि त्यसका लागि प्रयाप्त छलफल हुन नसकेको र आउने दिनमा छिट्टै प्रयाप्त छलफल गरी एकता प्रक्रिया अगाडि बढाउने बचन दिएको श्रोतले बताएको छ ।
दुवै पार्टीका शिर्ष नेताहरुबीच वार्ता र सम्वाद निरन्तर जारी राख्ने, समाजवादी मोर्चालाई सक्रिय बनाउने, दुवै पार्टीको सहकार्यलाई जोडदिने, पार्टी एकताको लागि आवश्यक गृहकार्य गर्दै जाने सहमति पनि भएको बताईएको छ ।
आजको भेटवार्तालाई औपचारिक रुपमा सार्वजनिक नगरिए पनि यो भेटवार्तालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्मरणरहोसः शुक्रवार मात्र नेकपामा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सीले नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बावुराम भट्राई र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसंग पनि कम्युनिष्ट क्रान्तिकारी र वामपन्थीहरुको एकता र सहकार्यका विषयमा गम्भीर छलफल गर्नु भएको थियो ।

Post navigation

चीनको प्रारम्भिक रिपोर्ट- दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस ५० वर्षलाई पुग्ने
मुसिकोट नगरपालिकाका कर्मचारी भए आन्दोलित वडाध्यक्षले प्रशासकीय अधिकृत थुनेपछि

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ७ असार २०८२, शनिबार १८:४०
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ७ असार २०८२, शनिबार १८:४०
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ७ असार २०८२, शनिबार १८:४०
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ७ असार २०८२, शनिबार १८:४०
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ७ असार २०८२, शनिबार १८:४०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297