Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मुसिकोट नगरपालिकाका कर्मचारी भए आन्दोलित वडाध्यक्षले प्रशासकीय अधिकृत थुनेपछि

९ असार २०८२, सोमबार ०७:२४
जनवाणी संवाददाता

 

काठमाडौ – गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधीले अभद्र व्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् 

भुक्तानीको विषयमा विवाद हुँदा चार जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीलाई थुनेर अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

गत शुक्रबार नगरसभा चलिरहेको बेला वडा नं. २ का वडाध्यक्ष रवीन्द्र केसीले दसैंमा सडक सोहोर्न खर्च गरेको रकम भुक्तानी नभएको भन्दै विवाद भएको थियो । विवादपछि केसी सहित वडा नं. १ का वडाध्यक्ष आनन्द श्रेष्ठ, ८ का रमेश विक र ९ का भुमा गुरुङले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई अभद्र व्यवहार गरेको कर्मचारीको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार वडा नं. २ का वडाध्यक्ष केसीले नगरको कुनै निर्णय बिना आफैंले सडक सोहोर्न डोजर प्रयोग गरेकोले उक्त रकम भुक्तानीका लागि माग गरेका थिए । दसैंको समयमा आफूले डोजरलाई २ सय २६ घण्टा काम गराएको भन्दै भुक्तानी मागेपनि तत्कालीन समयमा स्रोत नभएका कारण भुक्तानी हुन सकेको थिएन । पछि कार्यपालिकाकै छलफलबाट प्राविधिक मूल्यांकन अनुसारको भुक्तानी दिने भन्ने निर्णय भएपनि मूल्यांकन भन्दा कम भएपछि विवाद भएको हो ।

‘प्राविधिक मूल्यांकन गर्दा उहाँले जति भन्नुभाथ्यो त्यति बाटो नदेखिएपछि प्राविधिक मूल्यांकनमा जति देखिन्छ त्यति भुक्तानी दिने निर्णय गरेर भुक्तानी दिने प्रक्रियामा थियौं,’ उनले भने, ‘उहाँले त्यो रकम थोरै भयो, पूरै दिनुपर्छ भन्ने उहाँको भनाइ, हामीचाहिँ नापजाँच नै नपुगेको कुराहरु कसरी दिन सक्छौं भन्ने नगरप्रमुखज्यूको मत रहेको थियो, त्यही विवाद भुक्तानी कसरी दिने भन्ने विवादचाहिँ यहाँसम्म आएको छ ।’ विवादपछि वडाध्यक्षहरुले कर्मचारीलाई थुन्ने र टेबुलहरु फुटाउने गरेका थिए ।वडाध्यक्षहरुको क्रियाकलापको विरोधमा नगरका सबै कर्मचारीले शुक्रबारदेखि पेन डाउन गरेका छन् । माफी नमागेसम्म काममा नफर्कने उनीहरुको भनाइ छ । ‘उहाँहरुले गल्ती महसुस गरेर सार्वजनिक माफी माग्नु माग्नुपर्‍यो, आइन्दा यस्ता किसिमका हर्कतहरु दोहोरिनु भएन र भयरहित वातावरणमा काम गर्ने वातावरण हुनुपर्‍यो’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।वडाध्यक्ष केसीले भने आफूले सडक मर्मत गरेको विषयमा कम मूल्यांकन गरेर भुक्तानी दिने निर्णय गरेको लगायतका विषयमा विवाद भएको बताए । ‘नगर कार्यपालिको बैठकमै नउठेको विषय प्रमुख प्रशासकीय अधिकृतले माइन्युटमा लेख्नुभयो’, उनले भने । अघिल्लो वर्ष असारको वर्षाले बिग्रेका सडक मर्मत गर्नका लागि आफूले मेयरलाई पटक पटक अनुरोध गरेपनि बेवास्ता गरेको र पछि आफूले मर्मत गरेको रकम समेत भुक्तानी नगरेको उनको आरोप छ । ‘दसैंमा पनि बाटोहरु नसोहोरेपछि मैले आफैंले अग्रिम २ लाख रुपैयाँ डोजरलाई दिएर कार्तिकमा ९ वडा सडक मर्मत गराएँ, तर ६ लाख ७८ हजार खर्च भएकोमा ४ लाख ९४ हजार मात्र भुक्तानी दिने भनियो,’ उनले भने । विवाद भएपछि गाउँसभा बैठकमा सहभागी भएका कर्मचारीहरु त्यसपछि पेन डाउन गर्नुको अर्थ नभएको पनि उनको तर्क छ । ‘विवादपछि कर्मचारीहरु गाउँसभामा सहभागी हुँदा विरोध नगर्ने, अहिले आएर के को विरोध ?,’ उनले भने ।जनमतमा आजको प्रश्न
संसद‍्मा राष्ट्रहित विपरीतदेखि अराजनीतिक गतिविधि र टिप्पणी बढ्दै गएका छन् । जे गरेउक्त घटनाको भिडियो खिच्ने क्रममा पत्रकार सूर्य सुनारलाई वडाध्यक्ष केसी लगायतले अभद्र व्यवहार समेत गरेका थिए । पत्रकार सुनारको क्यामेरा कब्जामा लिएर घटनाको भिडियोसमेत डिलिट गरिएको पत्रकार सुनारले बताए ।

Post navigation

माओवादी एकता बारे विप्लव र प्रचण्ड बिच महत्वपूर्ण भेटवार्ता
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधि सभा बैठक

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ९ असार २०८२, सोमबार ०७:२४
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ९ असार २०८२, सोमबार ०७:२४
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ९ असार २०८२, सोमबार ०७:२४
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ९ असार २०८२, सोमबार ०७:२४
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ९ असार २०८२, सोमबार ०७:२४

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297