Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

देशैभरि नेकपाले गर्यो राेपाई कार्यक्रम शुरु 

१४ असार २०८२, शनिबार १४:१३
जनवाणी संवाददाता

 

 काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् ।

असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् ।
पार्टी महासचिव विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।

नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता-कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् ।
गत वर्षको अनुभवलाई आधार मान्दै, यस वर्ष ५० प्रतिशतले बढी उत्पादन हुने आकलन गरिएको छ । गए वर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर भइसकेकोले, यस वर्ष उपभोक्तासम्म धेरै परिमाणमा उत्पादन पुर्‍याउन सकिने विश्वास पार्टीले व्यक्त गरेको छ ।
महासचिव विप्लव सी स्वयं पनि विगतदेखि नै कृषि उत्पादनमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । उनले अर्घाखाँचीको मान्द्रेमा अकबरे खुर्सानी खेती, जुम्लामा स्याउ खेती र भेडापालन लगायतका अभियानमा प्रत्यक्ष संलग्न भई
पार्टीले देशभर करिब १२० बिघा जग्गा भाडामा लिएर विभिन्न किसिमका खेतीहरू गरिरहेका छन् । जुम्ला लगायत हिमाली भेगमा स्याउ खेती, पहाडी भेगमा फलफूल र तरकारी खेती र तराईमा धान तथा गहुँ खेतीलाई प्राथमिकता दिइएको छ ।

यो अभियानमा इमान्दार कर्मचारी, व्यवसायी र राज्यका असल प्रतिनिधिहरूले पनि सौहार्दपूर्ण सहयोग उपलब्ध गराएकोमा नेकपाले धन्यवाद ज्ञापन गरेको छ । यसले समाजका विभिन्न वर्गको साथ र सहयोगले मात्र कुनै पनि अभियान सफल हुन सक्छ भन्ने सन्देश दिएको छ । यो उत्पादन अभियानले केवल आर्थिक लाभ मात्र नभई, नेता-कार्यकर्ताहरूमा फरक उत्साह, आत्मविश्वास, स्वाभिमान र प्रतिबद्धता पैदा गरेको पार्टीको दाबी छ । यसले श्रम संस्कृतिको विकास गर्दै पार्टीलाई जनस्तरमा जोड्न मद्दत पुर्‍याएको छ ।

Post navigation

बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, कति पुग्यो?
सभामुख घिमिरे :आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्छ

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १४ असार २०८२, शनिबार १४:१३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १४ असार २०८२, शनिबार १४:१३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १४ असार २०८२, शनिबार १४:१३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १४ असार २०८२, शनिबार १४:१३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १४ असार २०८२, शनिबार १४:१३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297