Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सभामुख घिमिरे :आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्छ

१५ असार २०८२, आईतवार १३:२२
जनवाणी संवाददाता
 

काठमाडौँ – सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन् ।

महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताए । सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने उनको भनाई छ । 

महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २०८०/८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको  प्रसङ्ग जोड्दै उनले देखिएको बेरुजुलाई समयमै टुङ्गो लगाउन कानुनमा तोकिएको जिम्मेवारीअनुसार तीनै तहका सरकार, लेखाउत्तरदायी अधिकृत एवं महालेखापरीक्षकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे । 

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्षबिच कार्यसम्पादनमा सन्तुलन हुनुपर्ने उनले बताए । स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ । 

उनले नेपाल सरकारको ठुलो लगानी रहेका सार्वजनिक संस्थान, समिति, कोष, परिषद् लगायतका संस्थाको वित्तीय अवस्थाका सम्बन्धमा समेत यस कार्यालयले कैफियतहरू देखाउँदै आएको बताउँदै त्यस्ता संस्थाको सञ्चालन नतिजाको गहनरुपमा अध्ययन विश्लेषण गरी प्राप्त उपलब्धि सम्बन्धमा समेत प्रतिवेदन गर्नुपर्ने बताए । यस्ता संस्थाहरुको सञ्चालन खर्चमा बर्सेनि वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा सरकारको भूमिका समेत प्रभावकारी हुनुपर्ने उनको भनाइ रहेको थियो । 

Post navigation

देशैभरि नेकपाले गर्यो राेपाई कार्यक्रम शुरु 
पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भय काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ असार २०८२, आईतवार १३:२२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ असार २०८२, आईतवार १३:२२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ असार २०८२, आईतवार १३:२२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ असार २०८२, आईतवार १३:२२
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १५ असार २०८२, आईतवार १३:२२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297