Skip to content
  • [nepali_today_date]
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

आज बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण हुदै

२०८२ श्रावण १५, बिहीवार
जनवाणी संवाददाता
 

काठमाडौं – बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।

तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।

लामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् । १६८ (१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ (२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ । संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क लामाको छ ।

 

Post navigation

चीनले भोलिदेखि बनाउन सुरु गर्ने रसुवागढी नाका खुलाउन बेलिब्रिज
माओवादीले पार्टी एकता गर्ने भनेरहावामा तीर हान्यो : प्रकाण्ड सी










 

 

 

 

ताजा खबर

  • सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक २०८३ भाद्र ३१, बुधवार
  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २०८३ जेष्ठ ८, शुक्रवार
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २०८२ चैत्र ३०, सोमवार
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २०८२ चैत्र १९, बिहीवार
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २०८२ फाल्गुन ३, आइतवार

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © २०८३ आश्विन २, शुक्रवार janabani.com
Developed by: 9849815297