Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादीले पार्टी एकता गर्ने भनेरहावामा तीर हान्यो : प्रकाण्ड सी

१९ श्रावण २०८२, सोमबार १८:३२
जनवाणी संवाददाता

 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टी एकताबारे नेकपा (माओवादी केन्द्र) सँग छलफल नै नभएको बताएका छन्।

तीन दिनसम्म चलेको माओवादी स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग एकता गर्ने स्थायी समितिले निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए।

माओवादीको यो निर्णयले विप्लव नेतृत्वको नेकपा भने चकित छ।

प्रवक्ता प्रकाण्डले पार्टी एकताबारे माओवादीसँग कुरा नभएको बताएका छन्।

‘माओवादीले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ, त्यो उनीहरूको कुरा भयो, हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको भने होइन,’ सेतोपाटीसँग कुराकानी गर्दै प्रकाण्डले भने, ‘यो निर्णय एकतर्फी छ।’

माओवादीका कारण कम्युनिष्टहरू एकताबद्ध गर्न र ध्रुवीकरण अवरूद्ध भएको छ भनेर नेकपाले अभिव्यक्ति दिएकोले त्यसको जबाफमा माओवादीले पार्टी एकताको निर्णय लिएको हुन सक्ने जिकिर उनले गरे।

‘अहिले माओवादीले एकता गरे महेन्द्र राय यादव नेतृत्वको पार्टीसँग एकता होला, नेकपासँग त यसबारे कुरा पनि भएको छैन,’ उनले भने, ‘माओवादीमा हाम्रा पार्टीका केही साथीहरू मिसाउने गरी रणनीति लिएको भए त्यो दिवासपना मात्रै हुनेछ।’

माओवादीले पार्टी एकताको निर्णय के उद्देश्यका साथ र के आधारमा गरेको हो भन्ने बुझ्न नसकिएको पनि उनले बताए। ‘त्यो निर्णय हामीसँग सम्बन्धित छैन,’ उनले भने।

आफूहरूले सैद्धान्तिक रूपमा कम्युनिष्ट र माओवादीहरू एक हुनुपर्छ, त्यसको आवश्यकता छ भनेर भनिराखेको पनि उनी बताउँछन्।

‘हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,’ उनले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी धेरै माथि उठ्नुपर्ने हुन्छ।’

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई पार्टीमा मिसाउनेबारे कुरा अघि बढेको ब्रिफिङ गरेका थिए। समाजवादी मोर्चमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी) छन्। 

तर विप्लवले हालै प्रचण्डले समाजवादी मोर्चालाई आफ्नो पार्टी विस्तारका लागि प्रयोग गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए। साथै उनले समाजवादी मोर्चा विघटन गर्नुपर्ने कुरा राखेका थिए। 

विप्लवले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएका थिए। उनले पहिलो चरणमा मोहन विक्रम सिंह, झलनाथ खनाल, ऋषि कट्टेललगायतसँग कुराकानी गरिएको र पछिल्लो समय माधव नेपाल, प्रचण्ड, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनसँग कुरा गरेका थिए।

‘नेताहरूको यस्तो भेट त चलिरहन्छ, यस्ता भेटमा देश अप्ठेरोमा परेको छ कसरी बाहिर निकाल्ने भन्ने कुरा हुने गर्छ। सामूहिक प्रयास केही हुन सक्छ कि भन्ने कुरा हुन्छ,’ प्रकाण्डले भने, ‘अरू कम्युनिष्ट पार्टीका कार्यक्रम बुझ्ने कुरा पनि हुन्छ।’

तर अहिले पार्टी एकता भनेर माओवादीले हावामा तीर हानेको उनले टिप्पणी गरे।

‘पार्टी एकताबारे माओवादी स्थायी समितिको निर्णय हावामा तीर हानेजस्तो छ, हावामा हानेको तीरलाई हाम्रो पार्टीले कसरी लिने, यसबारे छलफल त होला,’ उनले भने, ‘तर यो कुन मक्सदका साथ आएको छ थप बुझ्नुपर्ने हुन्छ।’

माओवादीले भने नेकपासँग छिट्टै एकताका लागि वार्ता समिति नै बनाउने तयारी गरेको छ।

Post navigation

आज बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण हुदै
कालीकोटमा जिप दुर्घटना : ८ जना घाइते










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ श्रावण २०८२, सोमबार १८:३२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ श्रावण २०८२, सोमबार १८:३२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ श्रावण २०८२, सोमबार १८:३२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ श्रावण २०८२, सोमबार १८:३२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ श्रावण २०८२, सोमबार १८:३२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297