Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कालीकोटमा हेलिकप्टर नआउँदा उपचारमा समस्या गाडी दुर्घटनामा घाइते ७ मध्ये चारको अवस्था चिन्ताजनक

२३ श्रावण २०८२, शुक्रबार १५:४३
जनवाणी संवाददाता
 

काठमाडौं  – जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटनामा घाइते ७ मध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनास्थल कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट चौखोलाबाट उद्धार गरी जिल्ला अस्पताल मान्म ल्याइएका घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान रेफर गरिएको थियो

तर हेलिकप्टर नहुँदा थप उपचारका लागि दान नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी बताए।

घाइतेमध्ये एक महिला र तीन पुरुषको अवस्था निकै गम्भीर रहेको छ। दुई जनाको ब्लडिङ रोकिन नसकेको र उनीहरूको उपचारमा समस्या भइरहेको बताइएको छ। हेलिकप्टर नहुँदा सुर्खेत लैजान समस्या भएको र त्यसका लागि पहल भइरहेको छ।

प्रतिकूल मौसमका कारण एक हेलिकप्टर बडिमालिका क्षेत्रमा फसेको छ भने बिरामीलाई लैजाने हेलिकप्टरको भाडा कसले व्यवस्था गर्ने भन्ने स्पष्ट नहुँदा समस्या उत्पन्न भएको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, ‘हेलिकप्टर खोजी भइरहेको छ। सुर्खेत र काठमाडौँसँग कुराकानी भइरहेको छ। मौसम अनुकूल भएपछि हेलिकप्टर आउला।’

शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकैबाट खसेर तीला नदीको भेलमा परेको छ। प्रहरीका अनुसार गाडी ओभरस्पिडमा थियो। गाडी सडकबाट लगभग १०० मिटर तल नदीको भेलमा परेको भए पनि अन्य गाडीका यात्रु र स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीका अनुसार घाइते ७ मध्ये ४ जना जुम्लाका, २ जना कालिकोटका र १ जना सुर्खेतका छन्। गम्भीर घाइतेमा कालिकोट तीलागुफा नगरपालिका–६ का २० वर्षीय प्रकाश शाही (दुवै खुट्टा भाँचिएको), सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय लालबहादुर बस्नेत, जुम्ला हिमा गाउँपालिका–१ की २५ वर्षीया गंगा परियार र उनका पति २८ वर्षीय रविन परियार रहेका छन्। परियार दम्पतीका ५ वर्षे छोरा सुमनको अवस्था सामान्य छ।

Post navigation

नेकपा केन्द्रीय समितिको बैठक बस्दै
मुक्तक










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २३ श्रावण २०८२, शुक्रबार १५:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ श्रावण २०८२, शुक्रबार १५:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ श्रावण २०८२, शुक्रबार १५:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ श्रावण २०८२, शुक्रबार १५:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ श्रावण २०८२, शुक्रबार १५:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297