१८ भद्रा, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको तिलागुफा नगरपालिकाको एक विद्यालयमा अशक्त, असाह्य, अपाङ्ग, दलित र गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मंगलबार नेकपाका केन्द्रीय सदस्य डिआर सीले कालिकोटकाे तिलागुफा नगरपालिकाकाे जुविथाकाे सत्यदेवी आधारभूत विद्यालयका अशक्त, असाह्य, अपाङ्ग, दलित र गरिब एक सय २० जना बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको हाे ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा २८ जना बालबालिकालाई ब्यग र एक सय २० जना बालबालिकालाई कपी कलम र पेन्सील वितरण गरिएको नेकपाका केन्द्रीय सदस्य डिआर सीले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा तितागुफा नगरपालिकाका उप-प्रमुख महेन्द्रबहादुर शाहीले नेकपाकाे राजनीतिक कार्य सँगसँगै सामाजिक कार्य प्रतिको अग्रसरता प्रति कार्यक्रममा प्रशंसा गर्नुभयो । उहाँले सामाजिक कार्यमा सवै जनाले यसरी नै लगानी गर्ने हो भने विपन्न वर्गलाई राहत मिल्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवनारायण चाैंधरीले नेकपाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकोे धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वडाअध्यक्ष प्रवलाल शाही लगायतका व्यक्तिहरूकाे सहभागिता रहेकोे थियो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बाेल्दै नेता डिआर सीले विद्यालय शिक्षालाई राज्यले अनिवार्य, निःशुल्क र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।
उहाँले आर्थिक अभावले कसैले पनि शिक्षा र स्वास्थ्यबाट बन्चित हुन नहुने भन्दै राज्यले निशुल्क गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई बैज्ञानिक र प्रयाेगात्मक बनाइ देशमै राेगारी सिर्जना गर्नुपर्ने धारण राख्नुभयाे ।