१३ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कारागर कालिकोटका कैदी बन्दीहरुलाई खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेको छ ।
शुक्रवार नेकपाका केन्द्रीय सदस्य डिआर सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तुफान सी र खाँडाचक्र नगर सेक्रेटरी सरल सीले कारागरका जेलर मान बहादुर विक मार्फत खेलकुद सामग्री र फलफूल हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयल, प्रहरी प्रमुख टेक बहादुर रावत र सशस्त्र प्रहरी बल कालिकोटका प्रमुखको पनि सहभागिता रहेको थियो । नेकपाका नेताहरुले कैदी बन्दीहरुसंग भेटघाट समेत गर्दै उनीहरुको अवस्थाकोबारेमा पनि जानकारी लिएका छन
नेकपाका नेताहरुले कारागरका कैदी बन्दीहरुलाई भलिवल, नेट लगायतका खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेको जनाएका छन ।
जिल्ला कारागरमा ३८ जना पुरुष र ४ जना महिला गरी कुल ४२ जना कैदी बन्दीहरु रहेको जिल्ला कारागरका जेलर मानवहादुर विकले जानकारी दिनु भयो ।
कैदी बन्दी भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकार गोकर्ण सुयलले नेकपाकाे यस कार्यकाे लागि धन्यवाद दिनुभयो ।
नेकपाका केन्द्रीय सदस्य डिआर सीले कैदी बन्दीहरुलाई मनोरञ्जन प्रदान गर्न खेलकुद सामग्री हस्तान्तरण गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्ति आफ्नो घर परिवार र समाजबाट सम्मान र उच्च हैसियत चाहन्छ, एक पटक जानअन्जान वा परिवन्दमा पनि गैरकानुनी कार्यमा संलग्न भएको हुन सक्छ ।’ नेता डिआर सीले सजाय भोगेर फर्कदा उसको आनिबानिमा सुधार आउन सक्छ कारागार भनेको सुधार गृह भएकाले यहाँबाट सुदृढ भइ समाजको लागि केही गर्न कैदी बन्दीलाई सुझाव दिनुभयो ।
उहाँले यो अवसर प्रदान गर्ने जेलर विक लगायत प्रशासन टिमलाई धन्यवाद दिनु भयो ।