Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२६ आश्विन २०८२, आईतवार ११:५८
जनवाणी संवाददाता

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

विरहीका अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा दिउँसो २ बजे बस्दैछ । शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने विरहीले बताए ।

‘विचार मिल्ने सबै वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरणका लागि एजेन्डा तय भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे पनि बैठकले नयाँ विचारको संश्लेषण गर्छ’, उनले भने ।

नेकपाका महासचिव विप्लवले असोजको दोस्रो हप्ता काठमाडौँ आएका बेला माओवादीका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर एकताबारे छलफल गरेका थिए ।यसअघि भदौ २३ देखि २६ गतेसम्म बसेको नियमित केन्द्रीय समिति बैठकले आगामी फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठक बसिरहेकै बेला जेनजी विद्रोहका कारण राजनीतिक उथलपुथल भएपछि विप्लवले एक महिनामै आकस्मिक बैठक बोलाएका हुन् ।

Post navigation

एकताका लागि माओवादी केन्द्र तयार माधव र विप्लवको पार्टी निर्णय कुर्दै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २६ आश्विन २०८२, आईतवार ११:५८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २६ आश्विन २०८२, आईतवार ११:५८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २६ आश्विन २०८२, आईतवार ११:५८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २६ आश्विन २०८२, आईतवार ११:५८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २६ आश्विन २०८२, आईतवार ११:५८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297