Skip to content
  • १२ कार्तिक २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एकताका लागि माओवादी केन्द्र तयार माधव र विप्लवको पार्टी निर्णय कुर्दै

२४ आश्विन २०८२, शुक्रबार १२:२७
जनवाणी संवाददाता

 

काठमाडौँ –  नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको निर्णय कुरेको छ 

पछिल्लो समय चरणबद्ध छलफलमा सहभागी भएको माओवादीले एकताका लागि दुवै पार्टीको संस्थागत निर्णय कुरेको हो ।

असोज २० गते बसेको माओवादीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी, नेकपा, नेसपासँग एकताको पहल भइरहेको बिफ्रिङ गरेका थिए ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एकताबारे संस्थागत निर्णय लिन बैठक बोलाएकाले उनीहरूको निर्णय आएपछि मात्र सचिवालय बैठक बस्ने माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार एकीकृत समाजवादीसँग एकताका लागि सकारात्मक पहल भइरहेको छ । ‘पार्टी एकताका लागि एकीकृत समाजवादीसँग द्रुत गतिमा छलफल भइरहेको छ । माधवजीले संस्थागत निर्णय गर्नका लागि सचिवालय बैठक बोलाउनु भएको छ र विप्लवजीले पनि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । उहाँहरूको निर्णय आएपछि हाम्रो पार्टीको बैठक बस्छ’, रातोपाटीसँग पोखरेलले भने ।

एकताका लागि नेकपाभन्दा एकीकृत समाजवादी सकारात्मक देखिएको उनले बताए । विप्लवले नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरेर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने प्रस्ताव गरिएकाले समस्या आएको पोखरेलको भनाइ छ ।

जेनजी विद्रोहपछिको अवस्थालाई मूल्याङ्कन गरी प्रचण्डले पार्टी एकता र ध्रुवीकरणका लागि माधव, विप्लव, अशोक राई, महिन्द्र यादव, पे्रमबहादुर सिंह लगायतसँग नियमित छलफल गरिरहेका छन् । पार्टी एकतालाई प्राथमिकतामा राखेर माओवादीले सचिवालय बैठकलाई स्थगित गरेको छ ।

माओवादीका एक पूर्वपदाधिकारीले सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर राखेर संयोजक र सहसंयोजक बनाएर जान माओवादी र एकीकृत समाजवादी सकारात्मक देखिएको जिकिर गरे ।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद राख्ने सहमति भएको छ । पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्नेबारे सहमत देखिएका छन् ।

‘सैद्धान्तिक र कार्यदिशामा कुनै विमति छैन । संक्रमणकालीन अहिलेको अवस्थामा संयोजक र सहसंयोजक राखेर जानेबारे लगभग सहमति भइसकेको छ । पार्टीको नामको अगाडि नेकपा राखेर समाजवादी केन्द्र बनाएर जान कुनै समस्या छैन । एकीकृत समाजवादी र नेकपाको संस्थागत निर्णय आएमा कात्तिको पहिलो हप्ता वा दोस्रो हप्ता एकता हुनसक्छ’, ती नेताले भने ।

असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । एकताको विषयमा निर्णय लिन एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ । नेकपाले भोलि स्थायी समिति बैठक बोलाएको छ ।

Post navigation

सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्दै 
नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २४ आश्विन २०८२, शुक्रबार १२:२७
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २४ आश्विन २०८२, शुक्रबार १२:२७
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २४ आश्विन २०८२, शुक्रबार १२:२७
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २४ आश्विन २०८२, शुक्रबार १२:२७
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै २४ आश्विन २०८२, शुक्रबार १२:२७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297