Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एमाले नेतृत्व चयनका लागि मतदान सुरु

२ पुष २०८२, बुधबार ११:१०
जनवाणी संवाददाता

 

  • अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्।

काठमाडौँ —नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो।

अहिले बिहान पनि मतदानस्थलमा पुग्न ओलीले ढिला गरेपछि मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पर्खिएका थिए। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २२६३ प्रतिनिधिले मतदान गर्ने छन्।

अध्यक्षका प्रत्यासी ओली र पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्। दुवै पक्षले आ-आफ्नो प्यानलको सूची बनाएर प्रतिनिधिहरूलाई बाँडेका छन्।

Post navigation

सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान 
पूर्वमाओवादीका रामबहादुर थापा र लेखराज भट्ट बने एमाले पदाधिकारी










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २ पुष २०८२, बुधबार ११:१०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २ पुष २०८२, बुधबार ११:१०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २ पुष २०८२, बुधबार ११:१०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २ पुष २०८२, बुधबार ११:१०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २ पुष २०८२, बुधबार ११:१०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297