Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस

२६ पुष २०८२, शनिबार ०८:३१
जनवाणी संवाददाता

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) युवा नेता धनराज शाही (डिआर) काठमाडौं १ नम्बर क्षेत्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवार सिफारिस भएका छन् ।

कर्णालीको कालिकोटमा जन्मेका शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति काठमाडौंको बिहीबार बसेको बैठकले उहाँलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा काठमाडौं १ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।

कालिकोट स्थायी घर भएको शाही लामो समयदेखि काठमाडौंमा बसेर राजनीति गर्दै आउनु भएको थियो । उहाँ काठमाडौं महानगर इन्चार्ज, काठमाडौं जिल्ला इन्चार्ज समेत भएर काम गरिसकेका छन् ।

पार्टी केन्द्रीय सदस्य समेत रहनुभएको शाहीले पार्टीको केन्द्रीय प्रकाशन रातो खबर पत्रिकाको प्रबन्ध निर्देशक समेत भएर काम गर्नुभएको थियो । शाही पार्टी प्रतिबन्धको बेला २०७५ चैत ११ गते कालिकोटबाट पक्राउ परि ४८ दिन कालिकोट हिरासत बसेका  थिए ।

शाही राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय  रहेका छन्  । उनले कालिकोट कारागार बन्दीदेखि विभिन्न विद्यालय र दुखी असहायलाई राहत सामाग्री समेत सहयोग गर्दै आइरहेका छन् ।शाही प्रस्तावित निर्वाचन क्षेत्र रणनीतिक महत्वको क्षेत्र हो जहा नेपालका ठूला दल र चर्चित सामाजिक अभियानताको चर्को प्रतिस्पर्धा हुने गर्छ ।

Post navigation

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’
तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण २६ पुष २०८२, शनिबार ०८:३१
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस २६ पुष २०८२, शनिबार ०८:३१
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ २६ पुष २०८२, शनिबार ०८:३१
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड २६ पुष २०८२, शनिबार ०८:३१
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान २६ पुष २०८२, शनिबार ०८:३१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297