शाहीले मंगलबार वडा प्रतिनिधि र स्थानीयको रोहबरमा गाउँमै पुगेर १२ जना सहिद परिवार र १४ जना वृद्धवृद्धालाई न्यानो कपडा जेकेट, टाेपी, मख्लर र पन्जा गरी ७० हजार बराबरको कपडा र गाउँको सार्वजनिक स्थलमा फाेहाेर व्यवस्थापनको लागि ३० हजार बराबरको डस्मिन गरि एक लाख बराबरको राहत सामाग्री वितरण गर्नुभएको हाे ।
शाहीले याे जाडो माैंसममा थाेरै भएपनि राहत हाेस् भनेर सहिद परिवार र वृद्धवृद्धा र असहायलाई न्यानो कपडा सहयोग गरेको बताउनुभयो ।
यस्तै शाहीले गाउँमा फाेहाेर व्यवस्थापनको लागि गाउँका सार्वजनिक स्थल माईधारा, नानी धारा वडा कार्यालय र सत्यदेवी माविमा गरि ३० हजार बराबरको फाेहाेर संकलन गर्ने डस्मिन पनि हस्तान्तरण गरेको जानकारी दिनुभएको ।
उहाँले नेकपा (माओवादी) र आफू सधैं दुखी पीडित र असहाय जनताको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयाेगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाहीले याे राहत सामाग्री काठमाडौंमा व्यवसायी र सहयोगी मनहरूबाट सहयोग भएको भन्दै राहत सामाग्री सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
सहिद परिवार, वृद्धवृद्धाले याे कठ्याङ्ग्रिदो जाडाेमा शाहीले आफुहरुको दुख बुझ्दै न्यानो कपडा सहयोग गरेको भन्दै खुसी हुदै शाहीलाई आभार सहित धन्यवाद दिएका थिए ।
उपस्थिति वडा प्रतिनिधि र गाउँवासीले शाहीलाई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस भएकोमा खुसी व्यक्त गर्दै विजयी शुभकामना दिएका थिए ।
शाहीलाई गाउँवासीले विजयी भएर यसै गरि दुखी पीडित र असहाय जनताको सहयोग गर्न सुझाव सहित विजयी कामना पनि गरेको थिए ।
कालिकोटको तिलागुफामा जन्मेका शाही काठमाडौंमा बसेर राजनीति सँगै समाजिक सेवा गर्दै आउनुभएको छ ।
राहत सामाग्री वितरण कार्यक्रमको सहजीकरण नेकपा (माओवादी) का केन्द्रीय सदस्य रमेश सीले गर्नुभएको थियो ।