Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण

४ माघ २०८२, आईतवार ०५:५२
जनवाणी संवाददाता

 कालिकोट – तिलागुफा नगरपालिका–८ मा अवस्थित हिड्ने माडु आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई करिब ७० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको छ।

चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा पर्ने कठिनाइलाई मध्यनजर गर्दै उक्त न्यानो कपडा नेकपा (माओवादी ) का केन्द्रीय सदस्य तथा युवा नेता धनराज शाहीको पहलमा वितरण गरिएको हो।

काठमाडौंका विभिन्न क्षेत्रबाट संकलन गरिएको न्यानो कपडा बोकेर शाही स्वयं कर्णालीको विकट जिल्ला कालिकोट पुगेका थिए। राजधानीबाट दुर्गम क्षेत्रसम्म पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु मानवतामूलक र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको स्थानीयले बताएका छन्।

कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले भने,
“कर्णालीका विद्यार्थीहरू अझै पनि आधारभूत आवश्यकताबाट वञ्चित छन्। उनीहरूको शिक्षा निरन्तरताका लागि सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो पहल गरिएको हो।”

कार्यक्रममा स्थानीय नेता नरेन्द्र चमार, वडा अध्यक्ष तिलक न्यौपाने लगायत शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयवासीले दुर्गम क्षेत्रका बालबालिकाको भविष्यप्रति चासो देखाउँदै गरिएको यस प्रकारको सहयोगले शिक्षा र सामाजिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Post navigation

तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण
बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ४ माघ २०८२, आईतवार ०५:५२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ४ माघ २०८२, आईतवार ०५:५२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ४ माघ २०८२, आईतवार ०५:५२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ४ माघ २०८२, आईतवार ०५:५२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ४ माघ २०८२, आईतवार ०५:५२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297