Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

३ जनाको मृत्यु कार दुर्घटना

३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
जनवाणी संवाददाता

जनवाणी

३१ बुटवल -पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

रूपन्देही र पाल्पाको सिमानामा पर्ने ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा बुधबार साँझ करिब साढे ८ बजेतिर कार दुर्घटनामा परेको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नुवाकोटबाट बुटवल झर्दै गरेको लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी बुटवल वडा नम्बर १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा  वडा नम्बर ३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २ बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Post navigation

परीक्षा केन्द्र मिलाउन मोटो रकम असुली त्रिविका परीक्षा नियन्त्रक जोशीको अस्वभाविक हर्कत
उच्च अदालत पाटनले दियो अर्को झड्का विद्यालयका सटर बन्द गर्दै हिँडेका बालेनलाई

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297