Skip to content
  • २९ श्रावण २०८३, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

३ जनाको मृत्यु कार दुर्घटना

३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
जनवाणी संवाददाता

जनवाणी

३१ बुटवल -पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

रूपन्देही र पाल्पाको सिमानामा पर्ने ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा बुधबार साँझ करिब साढे ८ बजेतिर कार दुर्घटनामा परेको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नुवाकोटबाट बुटवल झर्दै गरेको लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी बुटवल वडा नम्बर १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा  वडा नम्बर ३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २ बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Post navigation

परीक्षा केन्द्र मिलाउन मोटो रकम असुली त्रिविका परीक्षा नियन्त्रक जोशीको अस्वभाविक हर्कत
उच्च अदालत पाटनले दियो अर्को झड्का विद्यालयका सटर बन्द गर्दै हिँडेका बालेनलाई










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३१ जेष्ठ २०८१, बिहीबार ०८:५३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297