जनवाणी सम्बाददाता
 बिहिबार, जेष्ठ ३१ २०८१

काठमाण्डौ – उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने काम नगर्न काठमाण्डौ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासले तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा हिजो अन्तरिम आदेश जारी गरेको हो 

उच्चले दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ । यसअघि महानगरपालिकाले निर्देशन अटेरी गरेको भन्दै पहिलो चरणमा ४ वटा विद्यालयका ६१ वटा सटरमा र दोस्रो चरणमा १३ वटा सामुदायिक विद्यालयले भाडा लगाएका १ सय ७५ वटा सटरमा विभागले ताला लगाएको थियो ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।