Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पूर्व राष्ट्रपति ट्रम्पमाथिको आक्रमणबारे बोले बाइडेनले राष्ट्रका नाममा सम्बोधन

३१ असार २०८१, सोमबार ०८:२९
जनवाणी संवाददाता

 

सोमबार, ३१ असार २०

 काठमाडौं – पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा    निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

बाइडेनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जानु पनि हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो समयमा ‘शान्त’ बस्ने समय आएको बताए । यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन्। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पको विरुद्ध विभाजनकारी भाषणलाई बढवा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Post navigation

त्रिविमा स्ववियु निर्वाचन आगामी फागुन १५ गते हुनेे
विप्लवले बोलाए नयाँ रणनीति तयार गर्न समाजवादी मोर्चाको बैठ










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३१ असार २०८१, सोमबार ०८:२९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३१ असार २०८१, सोमबार ०८:२९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३१ असार २०८१, सोमबार ०८:२९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३१ असार २०८१, सोमबार ०८:२९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३१ असार २०८१, सोमबार ०८:२९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297