Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जुविथा गाउँमा आगलागी, ३ घर जल्दा १४ परिवार विस्थापित

३० आश्विन २०८१, बुधबार २०:२५
जनवाणी संवाददाता

 

 

कालीकोट – तिलागुफा-६ जुविथा गाउँमा आगलागी हुँदा जलेर पूर्णरुपमा ३ घर नष्ट भएका छन् । विद्युत् चुहावट भएर बुधबार दिउँसो ३ बजेतिर धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएको वडाध्यक्ष पर्वलाल शाहीले जानकारी दिए ।

धनबहादुरका छिमेकी मानबहादुर शाही र मनराज शाहीको घरसमेत जलेका छन् । ती घरमा बस्ने १४ परिवार ४० जना विस्थापित भएका वडाध्यक्ष शाहीले बताए ।

काठको छाना र एकअर्कोसँग जोडिएका घरहरु रहेकोले आधा घण्टामै ती घरहरु जलेको वडाध्यक्ष शाहीले बताए । स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति हुन नपाएको हो ।

जुविथामा आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली पुगेको छ । मान्मबाट सशस्त्र प्रहरी पनि घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेले बताए । क्षतिको विस्तृत विवरण प्रहरी टोलीले संकलन गरिरहेको छ ।

Post navigation

धर्म, दर्शन र संस्कृति
दाङको कठाहा थारूगाउँमा सखिया नाचमा विप्लवसँगै नाचे गाउँले विप्लवलाई भव्य स्वागत

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह ३० आश्विन २०८१, बुधबार २०:२५
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य ३० आश्विन २०८१, बुधबार २०:२५
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प ३० आश्विन २०८१, बुधबार २०:२५
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित ३० आश्विन २०८१, बुधबार २०:२५
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने ३० आश्विन २०८१, बुधबार २०:२५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297