Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जुविथा गाउँमा आगलागी, ३ घर जल्दा १४ परिवार विस्थापित

३० आश्विन २०८१, बुधबार २०:२५
जनवाणी संवाददाता

 

 

कालीकोट – तिलागुफा-६ जुविथा गाउँमा आगलागी हुँदा जलेर पूर्णरुपमा ३ घर नष्ट भएका छन् । विद्युत् चुहावट भएर बुधबार दिउँसो ३ बजेतिर धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएको वडाध्यक्ष पर्वलाल शाहीले जानकारी दिए ।

धनबहादुरका छिमेकी मानबहादुर शाही र मनराज शाहीको घरसमेत जलेका छन् । ती घरमा बस्ने १४ परिवार ४० जना विस्थापित भएका वडाध्यक्ष शाहीले बताए ।

काठको छाना र एकअर्कोसँग जोडिएका घरहरु रहेकोले आधा घण्टामै ती घरहरु जलेको वडाध्यक्ष शाहीले बताए । स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति हुन नपाएको हो ।

जुविथामा आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली पुगेको छ । मान्मबाट सशस्त्र प्रहरी पनि घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेले बताए । क्षतिको विस्तृत विवरण प्रहरी टोलीले संकलन गरिरहेको छ ।

Post navigation

धर्म, दर्शन र संस्कृति
दाङको कठाहा थारूगाउँमा सखिया नाचमा विप्लवसँगै नाचे गाउँले विप्लवलाई भव्य स्वागत










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण ३० आश्विन २०८१, बुधबार २०:२५
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस ३० आश्विन २०८१, बुधबार २०:२५
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ ३० आश्विन २०८१, बुधबार २०:२५
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड ३० आश्विन २०८१, बुधबार २०:२५
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान ३० आश्विन २०८१, बुधबार २०:२५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297