Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेपालको राजनीतिलाई आफ्नो खुट्टामा उभ्याउन उत्पादनमा जोडिनु पर्छ : विप्लव सी

१२ फाल्गुन २०८१, सोमबार २०:२०
जनवाणी संवाददाता

कालिकोट – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राजनीतिलाई आफ्नो खुट्टामा उभ्याउन उत्पादनमा जोडिनु
पर्ने र विदेशीको अगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गरेका छन् ।

नेकपा कालिकोटले फोईमा आयोजना गरेको स्याउ रोपन कार्यक्रमको उद्घाटनका लागि फोईमा पुगेका महासचिव विप्लव सीले स्वागतपछि सम्वोधन गर्दै नेपालको राजनीति उत्पादनसँग नजोडिदा विदेशीको आगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गरेका हुन् ।

उनले नेपालको ६०/७० वर्षको राजनीति एक अर्कोको आलोचनामा मात्र घुमेको र उत्पादनबाट विमुख भएको बताए ।
उनले भने ‘६०/७० वर्षको राजनीतिमा कृषि उत्पादनमा जोड दिएन, उद्योग कलकारखाना बनाउनेमा जोड दिएन, थोरै भएको पैसा पनि सहि सदुपयोग भएन, जनताको जीवन परिवर्तन हुने गरी उत्पादनको योजना कुनै पार्टीसंग भएन । जसले गर्दा देशका नेताहरु दलाल हुन थाले । विदेशीको मुख ताकेर बस्ने भए । यो कुराले नेपाल पछाडि पर्यो ।’
उनले नेपालका अरु राजनीतिक पार्टीहरु देशको उत्पादनमा नलागेर सरकार ढाल्ने र बनाउने खेलमा मात्र लागेको आरोप लगाए ।
महासचिव विप्लवले नेपालका सबै पार्टीहरु चन्दा मागेर खाने, भ्रष्टाचार कमिसन खाएर चल्ने गरेको भन्दै नेकपा भने आत्मनिर्भरको आर्थिक क्रान्तिमा लागेको दाबी गरे ।

महासचिव विप्लवले नेता कार्यकता र पार्टीलाई आत्मनिर्भर बनाउदै जनतालाई समेत आत्मनिर्भर बनाउनका लागि जुम्ला कालिकोटमा स्याउ रोप्न पुगेको बताए ।
उनले देशभर नेकपा उत्पादनमा केन्द्रीत भएकोे र डेढ वर्षमै पार्टीलाई आत्मनिर्भर बनाउने ठाउँमा पुगेको जिकिर गरे ।

Post navigation

आत्मनिर्भरको लागि हामीले उत्पादनलाई अघि बढाउनु पर्छ : बिप्लव
Next Post

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १२ फाल्गुन २०८१, सोमबार २०:२०
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १२ फाल्गुन २०८१, सोमबार २०:२०
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १२ फाल्गुन २०८१, सोमबार २०:२०
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १२ फाल्गुन २०८१, सोमबार २०:२०
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १२ फाल्गुन २०८१, सोमबार २०:२०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297