Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अमेरिकालाई चीनको कडा चेतावनी: जुनसुकै युद्धका लागि तयार छौँ

२२ फाल्गुन २०८१, बिहीबार १७:४८
जनवाणी संवाददाता

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाएको नयाँ करको प्रतिक्रियास्वरूप चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत चीन जुनसुकै प्रकारको युद्धका लागि तयार रहेको बताएको छ।
“चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं,” दूतावासले आफ्नो पोस्टमा उल्लेख गरेको छ।
ट्रम्पले मंगलबारदेखि चीनबाट आयात हुने सामानमा १० प्रतिशत नयाँ कर लगाएका छन्। यसअघि फेब्रुअरीको सुरुमा पनि उनले यस्तै कर लगाएका थिए। केही दिनभित्रै अमेरिकाले चिनियाँ सामानमा २० प्रतिशत कर लगाएको छ।
ट्रम्पको कदमको जवाफमा चीनले पनि अमेरिकाबाट आयात हुने कृषि उत्पादनमा १० देखि १५ प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ। चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता उत्पादनको सबैभन्दा ठूलो बजार हो।
यो घटनाले दुई देशबीचको व्यापारिक तनाव थप बढेको संकेत गरेको छ।

Post navigation

राजाबादिको प्रदर्शन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सडकमा
चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २२ फाल्गुन २०८१, बिहीबार १७:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २२ फाल्गुन २०८१, बिहीबार १७:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २२ फाल्गुन २०८१, बिहीबार १७:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २२ फाल्गुन २०८१, बिहीबार १७:४८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २२ फाल्गुन २०८१, बिहीबार १७:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297