काठमाडौं – राजाबादिको प्रदर्शन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सडकमा
काठमाडौं, फागुन २१ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै विशाल प्रदर्शन गरेको छ। १९ सयभन्दा बढी सहभागीहरूले ‘राजा आऊ देश बचाऊ’ नारासहित राष्ट्रिय झण्डा बोकेर सडकमा प्रदर्शन गरेका थिए।
प्रदर्शनमा मोटरसाइकल र्याली पनि आयोजना गरिएको थियो, जसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।
प्रदर्शनकारीहरूले राजतन्त्र पुनर्स्थापना गरेर देशको राजनीतिक अस्थिरता अन्त्य गर्नुपर्ने र राष्ट्रियता बलियो बनाउनुपर्ने माग राखेका थिए।