Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

राजतन्त्र पुन स्थापनाको षड्यन्त्रविरुद्ध समाजवादी मोर्चाद्वारा प्रतिवादको घोषणा

३ चैत्र २०८१, आईतवार ०८:०५
जनवाणी संवाददाता

 काठमाडौं – समाजवादी मोर्चा नेपालले राजतन्त्र पुन:स्थापनाको प्रयासविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली विशेषताको समाजवादको दिशामा अघि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार भएको जनाएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै प्रतिगामी तत्वहरूले राजतन्त्र पुन:स्थापनाको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। मोर्चाले यस षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनसहित जनसभा गर्ने घोषणा गरेको छ।
मोर्चाले सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार, कमिशन र कालोबजारीका कारण देश संकटग्रस्त अवस्थामा पुगेको दाबी गरेको छ। मोर्चाले अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र महत्वपूर्ण विधेयकहरू नियन्त्रणमा राख्ने सरकारको रवैयाको पनि विरोध गरेको छ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Post navigation

२००६ सालकै झल्को दिने गरी कम्युनिष्ट आन्दोलन एकीकरणको प्रयासमा  – विप्लव
माओवादी अध्यक्ष प्रचण्डको चेतावनी कांग्रेस-एमाले प्रतिगामी धारमा मिसिन सक्ने खतरा










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३ चैत्र २०८१, आईतवार ०८:०५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३ चैत्र २०८१, आईतवार ०८:०५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३ चैत्र २०८१, आईतवार ०८:०५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३ चैत्र २०८१, आईतवार ०८:०५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३ चैत्र २०८१, आईतवार ०८:०५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297