Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

राजतन्त्र पुन स्थापनाको षड्यन्त्रविरुद्ध समाजवादी मोर्चाद्वारा प्रतिवादको घोषणा

३ चैत्र २०८१, आईतवार ०८:०५
जनवाणी संवाददाता

 काठमाडौं – समाजवादी मोर्चा नेपालले राजतन्त्र पुन:स्थापनाको प्रयासविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली विशेषताको समाजवादको दिशामा अघि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार भएको जनाएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै प्रतिगामी तत्वहरूले राजतन्त्र पुन:स्थापनाको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। मोर्चाले यस षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनसहित जनसभा गर्ने घोषणा गरेको छ।
मोर्चाले सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार, कमिशन र कालोबजारीका कारण देश संकटग्रस्त अवस्थामा पुगेको दाबी गरेको छ। मोर्चाले अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र महत्वपूर्ण विधेयकहरू नियन्त्रणमा राख्ने सरकारको रवैयाको पनि विरोध गरेको छ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Post navigation

२००६ सालकै झल्को दिने गरी कम्युनिष्ट आन्दोलन एकीकरणको प्रयासमा  – विप्लव
माओवादी अध्यक्ष प्रचण्डको चेतावनी कांग्रेस-एमाले प्रतिगामी धारमा मिसिन सक्ने खतरा

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३ चैत्र २०८१, आईतवार ०८:०५
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३ चैत्र २०८१, आईतवार ०८:०५
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३ चैत्र २०८१, आईतवार ०८:०५
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३ चैत्र २०८१, आईतवार ०८:०५
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३ चैत्र २०८१, आईतवार ०८:०५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297