Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी अध्यक्ष प्रचण्डको चेतावनी कांग्रेस-एमाले प्रतिगामी धारमा मिसिन सक्ने खतरा

३ चैत्र २०८१, आईतवार १०:०९
जनवाणी संवाददाता

 काठमाडौं –  नेकपा (माओवादी केन्द्र)  भक्तपुरमा आयोजित एक प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा तीनवटा धारहरू रहेको र आफ्नो पार्टीले अग्रगामी धारको नेतृत्व गरिरहेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मौका पाउने बित्तिकै प्रतिगामी धारमा मिल्न सक्ने खतरा औंल्याए।
माओवादीकै कारण राजसंस्थाको अन्त्य भएको दाबी गर्दै उनले माओवादी कमजोर भए राजसंस्था पुनः फर्कन सक्ने चेतावनी दिए। उनले समाजवादी धारमा रहेका नेता कार्यकर्ताहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गरे। राजावादीहरूको आन्दोलनलाई अवसरको रूपमा लिँदै गणतन्त्रलाई संस्थागत गरी समाजवादतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
चैत १५ गते हुने जनप्रदर्शन पूर्व निर्धारित कार्यक्रम भएको स्पष्ट पार्दै प्रचण्डले प्रतिगामी शक्ति र वर्तमान सरकारको भ्रष्ट गतिविधिविरुद्ध जनशक्ति परिचालन गरिने बताए। भक्तपुरको राजनीतिमा टिप्पणी गर्दै उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’को आलोचना गरे र माओवादीप्रति जनताको आकर्षण बढेको दाबी गरे। उनले कार्यकर्ताहरूलाई गाउँ-गाउँमा संगठन बलियो बनाउन निर्देशन दिए। कार्यक्रममा पार्टीका सचिव हितमान शाक्य, केन्द्रीय सदस्यहरू लगायत स्थानीय नेताहरूको उपस्थिति थियो।

Post navigation

राजतन्त्र पुन स्थापनाको षड्यन्त्रविरुद्ध समाजवादी मोर्चाद्वारा प्रतिवादको घोषणा
नयाँ प्रहरी प्रमुखको दौड आइजिपी कुँवरको बिदाइ, तीन एआइजी प्रतिस्पर्धामा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ३ चैत्र २०८१, आईतवार १०:०९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३ चैत्र २०८१, आईतवार १०:०९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३ चैत्र २०८१, आईतवार १०:०९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३ चैत्र २०८१, आईतवार १०:०९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३ चैत्र २०८१, आईतवार १०:०९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297