काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्।
शिक्षकहरूले विभिन्न माग राखी लगातार आन्दोलन गरिरहेको अवस्थामा मन्त्री भट्टराईको यो कदम आएको हो। यस विषयलाई लिएर प्रधानमन्त्री र शिक्षामन्त्रीबीच मतभेद रहेको बताइएको छ।
मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको कुरा उनको निजी सचिवालयले पुष्टि गरेको छ।